ब्रेकिंग न्युज

आरजु राणा देउवा कैलाली क्षेत्र नम्बर ५ बाट सिफारिस



काठमाडौं,१८ भाद्र। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट डा. आरजु राणा देउवा सिफारिस भएकी छन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी समेत रहेकी देउवाको नाम कैलाली ५ बाट एकल सिफारिसमा परेको हो ।निर्वाचन क्षेत्र नं. ५ प्रदेश सभा क्षेत्र (क) र (ख) क्षेत्रीय कार्यसमितिहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली–५ बाट बुधबारै सहमति जुटाए पनि बिहिबार देउवाको एकल नाम सिफारिस गरेका थिए ।कैलाली क्षेत्र नम्बर ५ कांग्रेसका सभापति भीम पडालले दुवै प्रदेशबाट प्रतिनिधिसभाको उम्मेदवारका लागि राणाको नाम मात्रै सिफारिस भएको जानकारी दिएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य नृपबहादुर वडले कैलाली–५ बाट प्रतिनिधिसभाका लागि आरजु राणाको नाम एकल सिफारिस भएको बताए । राणा ०७४ को निर्वाचनमा पनि क्षेत्र नम्बर ५ बाटै उम्मेदवार थिइन् ।
उनी वाम गठबन्धनका नारदमुनि रानासँग ५ हजारभन्दा बढी मतान्तरले पराजित भएकी थिइन् । रानाले २७ हजार २०२ मत ल्याएका थिए भने राणाले २२ हजार ३२२ मत पाएकी थिइन् ।

प्रकाशित : १८ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६