प्रदेश

राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा मङ्सिरमा सार्वजनिक गर्ने तयारी



काठमाण्डौ, १८ भाद्र । राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा आउँदो मङ्सिरमा सार्वजनिक गर्ने तयारी भैरहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । जनगणना प्रक्रियाअन्तर्गत यसअघि देशभर खटिएका गणक र सुपरभाइजरबाट सङ्कलित तथ्याङ्क प्रशोधन गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार तथ्याङ्क प्रशोधनको काम ९५ प्रतिशत सकिएको छ । अब भक्तपुर, काभ्रे, मकवानपुर र चितवन गरी चार जिल्लाको मात्र बाँकी छ । यी जिल्लाको समेत तथ्याङ्क प्रशोधन गरी मङ्सिर अन्तिम हप्ता नजिता सार्वजनिक गर्ने तयारी भैरहेको निर्देशक लामिछानेले जानकारी दिनुभयो ।

राष्ट्रिय जनगणनाका क्रममा केही विवरण छुटेको वा कमीकमजोरी भएको भनी विभिन्न जात, जाति, वर्ग, समुदायको तर्फबाट सुझावसहित विभागमा निवेदन परेकाले त्यसतर्फ पनि आवश्यक छानबिन गरी मतगणना प्रक्रियालाई अन्तिम रूप दिन लागिपरेको विभागले जनाएको छ । विभागले यसअघि भर्चुअल माध्यमबाट गएको माघमा जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरी नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको थियो ।

प्रकाशित : १८ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६