ब्रेकिंग न्युज

निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको बेवास्ता



सोलुखुम्बु १९ भाद्र। सोलुखुम्बुका २ सय बढी उम्मेदवारले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको बेवास्ता गरेका छन्।
निर्वाचन खर्च विवरण पेस नगरेका जिल्लाका चार सय ३१ उम्मेदवार मध्ये दुई सय १० ले आयोगले सोधेको स्पष्टीकरण नै पेस नगरेको निर्वाचन आयोगले जनाएको छ।निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र चुनाव खर्च विवरण बुझाउनुपर्ने कानुनी प्रावधान छ। तर जिल्लामा स्थानीय तह निर्वाचन २०७९ मा होमिएका ८०७ उम्मेदवारमध्ये ४३१ ले तोकिएको समयमा खर्च विवरण बुझाएका थिएनन्।

उनीहरूलाई आयोगले भदौ १ गतेदेखि ७ गतेसम्म लिखित स्पष्टीकरण बुझाउने समय दिएको थियो। तर सो समयमा जिल्लाका २२७ जनाले मात्रै लिखित स्पष्टीकरण पेस गरेका जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ।स्पष्टीकरणको बेवास्ता गर्नेहरूमा सोलुदुधकुण्ड नगरपालिकाका ६२, थुलुङदुधकोशी गाउँपालिकाका १७, महाकुलुङ गाउँपालिकाका २८, लिखुपिके गाउँपालिकाका १५ र माप्य दुधकोसी गाउँपालिकाका १७ जना छन।सोताङ गाउँपालिकाका ३४, नेचासल्यान गाउँपालिकाका १४ र खुम्बु पासाङल्हामु गाउँपालिकाका १७ जना उम्मेदवार रहेका छन्।

निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोग ऐन, २०७३ अनुसार राजनीतिक दल वा उम्मेदवारले गरेको खर्च वा पाँच लाखमध्ये जुन बढी हुन्छ सोही बराबरको रकम निर्वाचन आयोगले जरिवाना गर्ने व्यवस्था गरेको छ।त्यस्तै ६ महिनासम्म जरिवाना रकम नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन वा उम्मेदवार हुन नपाउने व्यवस्था रहेको छ।

प्रकाशित : १९ भाद्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६