खोज–अनुसन्धान

काङ्ग्रेस कपिलवस्तु प्रदेश क्षेत्र नं१ (१) बाट ५ जना सिफारिस : संघको अझै टुंगो लागेन



कपिलवस्तु १९ भदौ । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १.१ को बैठकले प्रदेश सभा सदस्यका लागी उम्मेदवारहरु सिफारिस गरेको छ । आज बसेको कपिलवस्तु–१.९को बैठकले ५ जनालाई प्रदेश सभाको सदस्य प्रत्यक्ष तर्फका लागी सिफारिस गरेको हो ।
नेपाली कांग्रेसका महाधिवेश प्रतिनिधि, पुर्व महासमिति सदस्य तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष समेत रहेका डोलकराम घिमिरे, बाणगंगा नगरपालिकाका पूर्व मेयर तथा नेपाली कांग्रेस बाणगंगा नगर कार्य समितिका निबर्तमान सभापति मगंल प्रसाद थारु, नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सचिव युवा नेता शक्ति सिहं ठकुरी, बाणगंगा नगरपालिका– ४ का पुर्व वडाध्यक्ष तथा गणेश बहादुर क्षेत्री र महाधिवेशन प्रतिनिधि मित्रदेव घिमिरे ९गोपाल० लाई सिफारिस गरिएको प्रदेश १.१ का सभापति दुर्गा केसीले जानकारी दिए । प्रदेशको समानुपतिक तर्फ भने प्रदेशले १७ जनाको नाम सिफारिस गरेको बताइएको छ ।
क्षेत्र नंं १ को संघीय सांसदका लागि १–२ दिनमै बैठक बसेर उम्मेद्वार सिफारिस गरिने क्षेत्रीय समितिले जनाएको छ ।

प्रकाशित : २० भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६