प्रदेश

सिद्धार्थ क्याम्पसका २ वटा बसमा तोडफोड




बाणगंगा, २० भाद्र ।

कपिलवस्तुको वाणगंगा नगरपालिका बुंचीमा अवस्थीत सिद्धार्थ क्याम्पसको २ वटा बसमा तोडफोड भएको छ । क्याम्पसको प्राङ्गणमा रोकिराखेका दुई वटा बस माथि तोडफोड भएको क्याम्पस प्रसासनले जनाएको छ ।

बस तोडफोड भएकै ठाँउमा नेकपा बहुमत निकट अखिल क्रान्तिकारीको पत्र भेटिएको छ । जसमा सिद्धार्थ क्याम्पसलाई जनकारवाही गराइएको जनाइएको छ ।

पत्रमा विद्यार्थीको मागप्रति क्याम्पस गम्भिर नभएको, पब्लिक क्याम्पस संघले बढाएको शुल्क फिर्ता नगरेको, विद्यार्थी आन्दोलनलाई बेवास्ता गर्दै जायज आन्दोलन विरुद्ध गतिविधी गरेको, विद्यार्थीका माग पुरा गर्न लगाएको ताला तोडिएको, विद्यार्थीको जायज माग पुरा गर्न छोडेर मुठ्ठीभरका ब्यक्ती बाकेर हिडेको उल्लेख गरिएको छ । यसैगरी आफ्ना माग पुरा नगरे थप शैक्षिक हड्ताल सहित जनकारवाही गर्ने जनाइएको छ ।

यता क्याम्पस प्रमुख खेमराज शर्माले बस तोडफोड भएको स्थानमा प्रहरी आएर अनुसन्धान गरिरहेको बताउनुभएको छ । उहाँले यसले शैक्षिक क्षेत्र जस्तो संवेदनशिल पक्षमा विद्यार्थीहरुलाई पठनपाठनमा ठुलो नोक्सानी भएको बताउनुभएको छ ।

तोडफोड स्थानमा भेटियो यस्तो पत्र ।

प्रकाशित : २० भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६