यूठान २० भदौ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्युठानमा नेकपा एमालेले उम्मेदवारका लागि सूर्य थापाको नाम सिफारिस गरेको छ । थापा पार्टीका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज हुन् ।सोमबार पार्टी कार्यालय बिजुवारमा बसेको जिल्ला कमिटीको बैठकमा संविधानसभा सदस्य हिरा बहादुर केसीले थापालाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । बैठकले उनको एकल नाम सिफारिस गरेको जिल्ला अध्यक्ष विजय विराज विष्टले जानकारी दिए ।एमालेले प्रदेश सभा (क) मा तुल्सीराम शर्मा र (ख) मा केन्द्रीय सदस्य एवं प्यूठान सह(इन्चार्ज हरि रिजाललाई सर्वसम्मत सिफारिस गरेको अध्यक्ष विष्टले बताए ।प्युठानमा सत्ता गठबन्धनको राष्ट्रिय जनमोर्चाले दुर्गा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै वामदेव गौतम पनि प्युठानबाटै चुनाव लड्ने चर्चा छ ।
२० भाद्र २०७९, सोमबार
प्रतिक्रिया