अर्थ-वाणिज्य

चारलेन सडकको काम अलपत्र हुदा २२ जनाले ज्यान गुमाए




दाङ २२ भदौ । लमही–घोराही–तुलसीपुर चार लेन सडक निर्माणले गति नलिँदा ठूलो मानवीय तथा भौतिक क्षति भइरहेको छ । निर्माणका क्रममा पुरानो सडक भत्काउँदा सवारी दुर्घटना भई काम थालेयता २२ जनाले ज्यान गुमाइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । सडक निर्माणको म्याद चारपटक थप्दा पनि भौतिक प्रगति ९ दशमलव ६९ र आर्थिक प्रगति १४ दशमलव २३ प्रतिशत मात्रै भएको छ ।
अहिले पनि काम सन्तोषजनक नभएको र यही अवस्थामा यो योजना सम्पन्न हुने सम्भावना नरहेको भालुबाङ–बाग्दुला–भीमगिठे, चन्द्रौटा–कृष्णनगर तथा लमही–घोराही–तुलसीपुर फोरलेन सडक आयोजना कार्यालय लमहीका प्रमुख अर्जुनकुमार बमले बताए ।

प्रकाशित : २२ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६