प्रदेश

आज निजामती दिवस मनाइदै



काठमाडौं २२ भदौ । आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइदैछ । नेपालमा हरेक वर्ष भदौ २२ गतेको दिनलाई निजामती दिवसको रुपमा मनाइन्छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास समृद्धि र सुशासन’ भन्ने नाराका साथ यस दिवस मनाउन लागिएको हो ।
तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यले विसं २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । २०६० सालदेखि यस दिवस नियमित मनाउन थालिएको छ । आज सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामती कर्मचारीहरुलाई पुरस्कृत गर्ने, पूर्व कर्मचारी अर्थात सेवानिवृतहरुलाई पनि सम्मान गर्ने, विभिन्न निजामती कर्मचारीलाई उत्साहित र प्रेरित गर्ने कार्यक्रमहरु आयोजना गर्दछ ।
निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ । राज्यले आफ्ना नागरिकलाई आफ्नो उपस्थिती र न्यायमा आधारित प्रशासनको प्रदान गर्न निजामती कर्मचारीहरुको भुमिका अतुलनिय हुन्छ । निजामती सेवाको आदर्श र यस क्षेत्रमा अन्य क्षेत्रहरुवाट ब्यवहारले सुशासन र प्रशासनप्रति जनविश्वास जाहेर गर्दछ ।
निजामती सेवा दिवसको अवसरमा हरेक वर्ष एक जनालाई दुई लाख रुपियाँ राशीको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, ३० जनालाई जनही ५० हजार रुपियाँसहित निजामती सेवा पुरस्कार र १० जनालाई जनही एक लाख रुीपयाँका दरले उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने कानुनी प्रावधान समेत रहेको छ । नेपालमा करिव ८३ हजार निजामती कर्मचारी रहेका छन् ।

प्रकाशित : २२ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६