प्रदेश

राष्ट्रिय सभाका चार विषयगत समितिका सभापति सर्वसम्मत चयन



काठमाडौं, २२ भाद्र । राष्ट्रिय सभाका चार विषयगत समिति सभापति सर्वसम्मत चयन भएका छन्।

भदौ २३ गते सभापतिको निर्वाचन हुँदैछ। प्रत्येक दुई वर्षमा समिति पुनर्गठन र सभापति चयन हुने नियमावलीको व्यवस्था अनुसार सभापति चयन हुन लागेको हो। राष्ट्रियसभा नियमावलीको नियम १५० बमोजिम सभाध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचनको मिति तोक्नुभएको हो ।

आज चार समितिको सभापतिमध्ये दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ सर्वसम्मत चयन हुनुभएको छ। त्यस्तै, विधायन व्यवस्थापन समितिमा बेदुराम भुसाल, प्रत्यायोजित व्यस्थापन तथा सरकारी आश्वासन समितिमा माया प्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल सर्वसम्मत चयन भएका हुन्।

प्रकाशित कार्यतालिका अनुसार भदौ २२ गते ११ बजेदेखि ४ बजेसम्म मनोनयन हुनेछ। सोही दिन ४ः३० बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ। यस्तै, भदौ २३ गते दिउँसो १ बजे निर्वाचन हुनेछ।

राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन्।

प्रकाशित : २२ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६