काठमाडौं, २२ भाद्र । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार सम्हालेको सय दिन पुगेको अवसरमा स्वेतपत्र सार्वजनिक गर्नुभएको छ । स्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजना उल्लेख छन्।
उहाँले आफू सकारात्मक थालनीको संकेत दिने दिशातर्फ उन्मुख भएको दावी गर्नुभएको छ । गर्नुपर्ने काम धेरै बाँकी रहेकाले त्यसका लागि सबैको सहयोग र सद्भाव आवश्यक रहेको उहाँको भनाइ छ।
पदभार सम्हालेको १ सय दिनमा पूरानो २४४ वटा विवादमा न्यायिक सुनुवाई भएको र ५१ वटा विवादको किनारा लागेको स्वेतपत्रमा उल्लेख छ। सय दिन महानगरवासी सँगसँगै काम गरेको बताउँदै उहाँले विभिन्न संघ–संस्था, समूदाय, गुठी आदिले आयोजना गरेका १ सय भन्दा बढी कार्यक्रममा सहभागी भै महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको छ।
यस्तै, फोहोर व्यवस्थापनका लागि सकारात्मक पहलको सुरुवात भएको बताउनुभएको छ । महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेशन’ लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको बस्तुस्थिति बुझ्ने लगायतका काम भएका छन् । पटक–पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालिन फोहोर व्यवस्थापन गर्ने कार्य भएको छ । दीर्घकालिन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर ठिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिन फाहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरु अघि बढाएका छौँ, स्वेतपत्रमा उल्लेख गरिएको छ ।








प्रतिक्रिया