प्रदेश

दाङबाट बुटवलतर्फ आउँदै गरको ट्रक दुर्घटना, रुपन्देहीका एक जनाको मृत्यु



बुटवल, २२ भाद्र। दाङबाट बुटवलतर्फ आउँदे गरको ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ट्रकका सहचालक रुपन्देहीको रोहिणी गाउँपालिका–६ का सखर खाँ रहेका प्रहरीले जनाएको छ ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले जानकारी दिए । घोराहीबाट भैसीको छाला बोकेर भैरहवातर्फ आउँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही–३ चौपट्टाको ओरालोमा आज ९बुधबार० दिउँसो साढे १ बजे दुर्घटनामा परेको हो । ट्रक ब्रेक फेल भएर दुर्घटना भएको उनले बताए ।

प्रकाशित : २२ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६