ब्रेकिंग न्युज

गठबन्धनलाई निरन्तरता दिनु आजको आवश्यकता : यादव



वीरगञ्ज, २२ भदौ : जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिनुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ ।

पर्साको वीरगञ्जमा आज जसपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले साझेदार गठबन्धनबाट जसपालाई उचित स्थानसमेत दिनुपर्ने बताउनुभयो । जसपाको हैसियतअनुसार सिट बाँडफाँट नगरिए जसपा एक्लै चुनाव लड्ने उद्योष गर्दै त्यहीअनुसारको तयारीमा लाग्न नेता कार्यकर्तालाई यादवले निर्देशनसमेत दिनुभयो ।

सङ्घीयता र गणतन्त्रको जननी मधेसी दल रहेको दाबी गर्दै यादवले मधेस र मधेसवासीको पहल कदमीका कारण मुलुकमा सङ्घीयता र गणतन्त्र आएको बताउनुभयो । त्यसैले सङ्घीयता, गणतन्त्रलगायतका प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने मुख्य अभिभारा जसपाकै भएको उल्लेख गर्नुभयो ।(रासस)

प्रकाशित : २२ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६