प्रदेश

माओवादी केन्द्र कपिलवस्तुले गर्‍यो उम्मेद्वार सिफारिस




हरि घिमिरे,

कपिलवस्तु २२ भाद्र ।नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कपिलवस्तुले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ । पार्टीका जिल्ला संयोजक बिष्णु शाहका अनुसार कपिलवस्तु क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ चक्रपाणि खनाल बलदेव, डोर प्रसाद उपाध्याय र कमल चुदालीलाई उम्मेदवार सिफारिस गरिएको छ । त्यस्तै समानुपातिकमा जनि शाह, राम प्रसाद गैरे र जित बहादुर चौधरीलाई सिफारीस गरेको छ ।
प्रदेशसभातर्फ १ को (क) बाट कृष्ण बहादुर कुवंर, विष्णु बेल्वासे र सरोज खनाल सिफारिस भएका छन् । यस्तै प्रदेशसभा समानुपातिकमा सुकई थारु, धनविर बि.क, विमला चौधरीको नाम सिफारीस भएको छ । कपिलवस्तुका अन्य क्षेत्र को भने उम्मेदवार सिफारिस भइ नसकेको जिल्ला संयोजक शाहले बताए । विहिवार भोलिनै टुङ्ग्याउने उनको भनाई छ ।

प्रकाशित : २२ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६