ब्रेकिंग न्युज

१९ औं निजामती सेवा दिवसको अवसरमा जिल्ला अध्यक्ष गौतमद्धारा शुभकामना व्यक्त



कपिलवस्तु २२ भदौ ।सक्षम निजामती प्रशासनः विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ निजामती सेवा दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुले शुभकामना व्यक्त गरेको छ । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ ।यसैबिr संगठनका जिल्ला अध्यक्ष प्रकाश गौतमले १९ औं निजामती सेवा दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको हो ।

दिवसको अवसरमा शुभकामना सन्देश दिंदै अध्यक्ष गौतमले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक निजामती कर्मचारीलाई अझ बढी समर्पण भावका साथ देश र जनताको सेवामा काम गर्ने उत्प्रेरणा यो दिवसले प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।अध्यक्ष गौतमले निजमाती सेवा दिवस मनाईरहदा अन्याय र अप्ठ्यारो परेका सम्पुर्ण कर्मचारीहरुका मागको उचित सम्बोधन दिवसको सार्थकता हुने बताउदै उहाँले सरकारले सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहहरुको भावना अनुरुप संघीय निजामती ऐन छिटो जारी गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रकाशित : २२ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६