कपिलवस्तु २३ भदौ।कपिलवस्तुको बाणगंगामा संचालित केहि क्रसर उद्योग तथा वालुवा प्रशोधन उद्योगले रातभर अवैध हिसावले नदीजन्यपदार्थको ढुवानी गरि रहेको पुष्टि भएको छ । बाणगंगा ६ बनकसीयामा रहेका न्यू कालिका वालुवा प्रशोधन केन्द्र ,जयशुभ लक्ष्मी वालुवा प्रशोधन केन्द्र र जनप्रिय वालुवा प्रशोधन केन्द्रले यस्तो अबैध धन्दा निरन्तर चलाउदै आएको स्थानीयले वताएका छन् ।तीउद्योगले स्थानीय टेक्रट धनीसंग मिलेमतो गरि रातीको समयमा टेक्टरले जनस्तरवाट संरक्षितबनकसिया र कुस्मा सिमानाको नदीजन्यपदार्थ अबैध रुपमा चोरी गर्ने उद्योगले न्यूतममूल्यमाखरिद गर्ने गरेर गैर कानुनी धन्दा चलाउदै आएकाहुन्। तीटेक्टरले रातभर ढुवानी गर्दा स्थानीयहरुलाई रातीमा सत्न समेत टेक्टरको आवाजले डिस्टव गर्ने गरेको बनकसियाका स्थानीय राम प्रसाद थारुले वताए ।
त्यसरी रातभर नदीजन्यपदार्थ चोरीमाआधादर्जन वढी टेक्टरहरु संलग्न रहने गरेको स्थानीयको भनाइछ । जनस्तरवाट प्रहरीलाई चोरी भएको खवर गर्दा कोपवा स्थित प्रहरीले चोरहरुलाई अग्रिमजानकारी दिएर आउने हुदाअहिले सम्म कुनै पनिब्यक्तिपक्राउ परेका छैनन। चौधरी भन्छन् प्रहरी कै मिलेमतोमा रातभर चोरी भएको छ स्थानीय सरकार पनिमौन वसेको छ ।टेक्टर धनी र वालुवा प्रशोधन उद्योगले मासिक रुपमा प्रहरीलाई रकमदिने र प्रहरीले चोरी गर्ने वातावरण मिलाइदिने सहमति भएको श्रोतको दावि छ । यता इलाका प्रहरी कार्यलय कोपवाका सहायक निरिक्षक पोम प्रसाद भुसाललाई तपाइले टेक्टर र उद्योगवाट मासिक रुपमा के कति रकम बुझनु हुन्छ ? भन्ने प्रश्नमा केहिबेर रोकिएर यस्तो अफ्ठारो प्रश्न नसोध्नआग्रह गर्नु भयो । जनस्तरवाट चोरी भएको गुनासो आउने गरेको वताउदै प्रहरीले सकेसम्म रोक्ने कोसिस गरेको उहाको भनाइछ ।
हरेक वर्षको असार देखि लिएर नदीजन्यपदार्थको ठेक्का नलाग्दा सम्म यसरी नै प्रहरीले महिनावारी असुलेर अबैध धन्दा चलाउने कुरा वाणगंगामा हुदै आए पनि जिल्लास्तरीय अनुगमन समिती र नगरपालिका समेत चुपचाप बस्ने गरेकाछन् । स्वयम कांग्रेस एमाले र माओवादीका राजनैतिक कार्यकर्ता नै उद्योगका संचालक र टेक्टर धनी भएपछि यो विषय जनप्रतिनिधीले प्राथमिकतामा राख्दैनन भने प्रहरीले यहि मौकाको फाइदा उठाएर ठेक्का जस्तै चोरसंग मिलेमतो गरि असुलीको अबैध धन्दा चलाउने गरेकोछ । यो काममा खासगरि संयोजन कर्ता बनेर रकमको सेटिङ मिलाउनेमा सादा पोशाकका प्रहरी परिचालित हुने गरेका छन् । कपिलवस्तुका प्रजिअ धर्मेन्द्र कुमार मिश्राले मिडियाले यस्ता विकृती सार्वजनिक गरेमा प्रशासनले एक्सनलिने स्पष्ट पार्नु भयो ।
२३ भाद्र २०७९, बिहिबार
प्रतिक्रिया