प्रदेश

दुर्गममा सरुवा भएपछि गर्भवती कर्मचारीलाई सास्ती



जानु पाण्डे

कपिलवस्तु, भदौ २३ गते । शिवराज नगरपालिकामा कार्यरत अनमी सपना गिरीलाई बिहान ८ बजेदेखि कार्यालय पुग्न हतारो हुन्छ । २० किलोमिटर बसको यात्रापछि कार्यालय पुग्न १ घण्टा पैदल यात्रा गर्नुपर्छ । कार्यालय समयमा पुग्ने मात्र होइन उहाँलाई अझ अर्को चिन्ताले सताइरहेको हुन्छ । कतै कोखमा हुर्किएको चार महिनाको भ्रूण नासिने त होइन १

“यसभन्दा अघि तीन पटक बच्चा खेर गयो । चिकित्सकले भन्नुभएको छ, लामो समय गाडीमा यात्रा नगर्नु, यहीबेला नगरपालिकाले सरुवा गरेपछि समस्यामा परेको छु” अनमी गिरीले निमित्त प्रमुख प्रशासकीय अधिकृत पूर्ण विश्वकर्मासँग गुनासो गर्दै भन्नुभयो, “कार्यालय पुग्न सकस छ । न गाडी पाइन्छ न अरू उपाय छ । कहिले हिँड्दै पुग्नुपर्छ । प्रसूतिपछि जहाँ पठाए पनि जान्छु । मेरो बच्चाको लागि सहयोग गरिदिनुपर्यो सर ।”

समस्याप्रति निमित्त प्रमुख विश्वकर्माले कुनै विकल्प दिनु भएन । बरु थप प्रश्न गर्दै भन्नुभयो ‘तपाईँले के गल्ती गर्नु भएको थियो, सरुवा भयो रु नगरभित्रका एक स्थानीय नेतासँग गिरीका पतिको कुरो नमिलेपछि दुःख दिन उहाँलाई दुर्गममा सरुवा गरिएको एक कर्मचारीले सुनाउनुभयो ।

गिरी पालिकाको वडा ९ सामुदायिक स्वास्थ्य इकाईमा अनमी पदमा कार्यरत हुनुहुन्थ्यो । गत साउन ३० गते पूर्व प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले उहाँको सरुवा गर्नुभएको थियो । नगरपालिकाको वडा १० लालपुर स्वास्थ्य चौकीमा उहाँको सरुवा गरिएको छ । सो स्वास्थ्य चौकी सडकदेखि करिब २ किलोमिटरभित्र रहेको छ । त्यहाँ पुग्न सवारी साधनको व्यवस्था छैन ।

अनमी गिरीका पति र स्थानीय नेताबिच आमा समूहको लागि प्रतिघर १० हजार रुपियाँ उठाउने विषयमा विवाद भएको बुझिएको छ । पैसा दिन आनाकानी गरेपछि विवाद भएको ती कर्मचारीले भन्नुभयो । उठाएको रकम पारदर्शी नदेखिएपछि रकम तिर्न आनाकानी गरेपछि सिरको झोँकमा सरुवा गराएको गिरीले बताउनुभयो । तर उहाँले नाम खुलाउन भने चाहनु भएन ।

गिरीको स्थानमा अनमी श्रृष्टी गहतराजको सरुवा गरिएको छ । सरुवाको कारण दुवै कर्मचारीले सास्ती खेप्नुपरेको छ । सरुवाको कारण विषयमा आफू जनाकार नभएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुरामणि भट्टराइले बताउनुभयो ।

प्रकाशित : २३ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६