प्रदेश

महारानी एलिजाबेथको निधनबाट नेपालले एक महान् प्रशंसक गुमायोः प्रधानमन्त्री देउवा




काठमाण्डौ, २४ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले उहाँको निधनको खबरबाट आफूलाई निक्कै दुःखित बनाएको बताउनुभएको छ । उहाँको निधनले नेपाल र नेपाली नागरिकले एक महान् प्रशंसक गुमाएको प्रधानमन्त्रीको शोक सन्देशमा भनिएको छ । साथै उहाँले बेलायतको राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले दिनुभएको शोक सन्देशमा महारानी एलिजाबेथमा अन्य संस्कृति र मानवताप्रतिको दया, सादगी र सम्मानजस्ता गुणहरू रहेका र जसका कारण नेपाली नागरिकले निक्कै मायापूर्वक सम्झन्छन् भन्नुभएको छ ।

महारानी एलिजाबेथको गएराति ९६ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित : २४ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६