प्रदेश

कपिलवस्तुका ३ पालिका अझै भाडाकै कार्यालयमा



कपिलवस्तु, २५ भाद्र । कपिलवस्तु जिल्लाका स्थानिय तहहरू पालिकाको आफ्नै भवन नहुँदा भाडामा सन्चालन भएमा छन । जिल्लाका १० मध्ये ३ स्थानीय तहका कार्यालयहरू भाडामा सञ्चालित भइरहेका छन । शिवराज नगरपालिका, मायादेवी गाँउपालिका र शुद्धोधन गाँउपालिका भाडाको घरमा सन्चालनमा रहेका छन । स्थानिय तह घोषणा भएको ६ बर्षको अवधी सकिए पनि स्थानिय सरकारले आफनै भवन निर्माण गर्न सकेका छैन्न । शिवराज नगरपालिकाले चन्द्रौटा, मायादेवी गाँउपालिकाले पकडी र शुद्धोधन गाँउपालिकाले लबनीमा घर भाडामा लिएर कार्यालय सन्चालन गरिहरेको छ ।

कपिलवस्तु, महराजगंज, कृष्णनगर, बाणगंगा र बुद्धभुमी नगरपालिकाले आफ्नै प्रशासकीय कार्यालय बनाएका छन । त्यस्तै यशोधरा गाँउपालिका र विजयनगर गाँउपालिकाको आफ्नै भवननिर्माण भैसकेको छ । प्रत्येक स्थानीय तहले वार्षिक १२ लाखभन्दा बढी रकम कार्यालय भवनमै बुझाउनुपर्ने देखिएको छ । शिवराज नगरपालिकाले कार्यालय व्यवस्थापन तथा कर्मचारी आवासका लागि घर भाडामा लिएको छ । कपिलवस्तुमा स्थानीय तह गठन भए तर भौतिक पूर्वाधार अपुग रहेको छ। यहाँको तिन पालिकाले आफ्नै भवन निर्माण गर्न समस्यामा रहेको छ । जिल्लाको शिजराज नगरपालिकाले मासिक १ लाख १७ हजार घर भाडा तिर्दै आएको छ । त्यस्तै मायादेवी गाँउपालिकाले मासिक १ लाख भाडामा तिर्नु परेको छ ।

मायादेवीले कार्यालय सन्चालनको लागि ३ वटा भवन भाडामा लिएको छ । शुद्धोधन गाँउपालिकाले पनि मासिक करिब १ लाख रकम घरभाडा वापत तिर्दै आएको छ ।आफ्नै भवन नभएकाले भाडाको घरमा साँघुरै भए पनि काम चलाइरहेको पालिका शिवराज नगरपालिकाका लेखा अधिकृत राम चन्द्र मरासिनीले बताउनुभयो । शिवराज को आफ्नै भवन निर्माण कार्य अलपत्र रहेको छ । आफ्नो भवन नबनुन्जेल केही समस्या हुने गरेको लेखा अधिकृत मारासिनीले बताउनुभयो । एक वर्षका लागि १४ लाख भन्दा बढी खर्चिएर कार्यालयको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।

शुद्धोधन गाँउपालिकाले आफ्नो भवन निर्माणको लागि जग्गा क्षनोट कार्य अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत क्रषिराम पन्थीले बताउनुभयो । बार्षिक १२ लाख बुझाउनु परेको छ अब छिटै कार्यालय निर्माणको काम अ घि बढने अधिकृत पन्थीले बताउनुभयो । मायादेवी गाँउपालिकाका प्रमुख प्रशासकीय प्रमेश्वर यादवले अबको केही महिनामा आफ्नै भवनमा सर्ने योजना रहेको बताउनुभयो । मायादेवी गाँउपालिकाको भवन निर्माण कार्य अन्तीम चरणमा पुगेकाले आउने तिहार सम्म आफ्नै भवन मा जाने प्रमुख प्रशासकीय अधिकृत यादवले बताउनुभयो ।

प्रकाशित : २५ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६