खोज–अनुसन्धान

निर्णायक भनिएको गठबन्धको बैठक उपेन्द्रका कारण असफल




काठमाडौ २६ भदौ ।सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको शनिबार साँझ बसेको बैठक पनि निष्कर्षविनै सकिएको छ। सबै दलहरुले आ–आफ्नो दाबी कायमै राखेपछि बैठक कुनै निष्कर्षविनै सकिएको कार्यदलका एक सदस्यले जानकारी दिए। ‘चार दलले आ–आफ्नो दाबी गरेका छन्, गठबन्धनमै हुँदा धेरैलाई जित्छु जस्तो लाग्छ,’ ती सदस्यले भने। नेताहरूका अनुसार सिट संख्याका आधारमा दलहरु आ–आफ्नो पूरानो अडानबाट टसमस नभएपछि हिजोको बैठक कार्यदलले बुझाएको प्रतिवेदनमा कुनै छलफल नै नगरी सकिएको हो।

लामो समयदेखि सत्ता गठबन्धनका नेताहरूबीच पटक–पटक प्रयास भएपनि सहमति भने जुट्न सकेको छैन्। सत्ता गठबन्धनले सिट बाँडफाँटको विषय टुंगो लगाउन कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा कार्यदल नै बनाएको थियो। ११ सदस्यीय कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन्। त्यस्तै, माओवादीबाट वर्षमान पुन र जर्नादन शर्मा, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।कार्यदलमा आ–आफ्नो दलको अडान कायमै भएपछि अपुरो प्रतिवेदनसहित नेताहरुले भागवण्डाको टुंगो लगाउने जिम्मा शीर्ष नेतृत्वलाई दिएको थियो।

त्यसपछि शुक्रबार बस्ने भनिएको बैठक शीर्ष नेताहरु विभिन्न कार्यक्रममा ब्यस्त भएपछि बस्न सकेको थिएन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँटको विषय शुक्रबार नै टुंगो लाग्ने पोखरा पुगेर बताएका थिए। यद्यपी शनिबार पनि सहमति जुट्न नसकेपछि आइतबार बिहान साढे ८ बजे बजे पुनः प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठकबाट नेताहरु उठेका हुन्। बैठकमा उपन्द्र यादव उपस्थित भएका थिएनन्। जसपा नेता रामसहाय प्रसाद यादवले अब छिट्टै सहमति गर्नुपर्छ भनेर आफूहरुले प्रयास गरेको बताए। ‘समग्र विषयमा सहमती गर्न खोजेकाले समय लागेको हो, सबै सकारात्मक छौँ, प्रदेश र संघको दुबै क्षेत्र मिलाउन समय त लाग्छ नै, अब छिट्टै सहमति गर्नु पर्छ भनेर हामी कोसिस मै छौँ,’ यादवले भने।

प्रकाशित : २६ भाद्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६