प्रदेश

बुटवलबाट हराएका तीन विद्यार्थी मुम्बइमा अर्धचेत अवस्थामा भेटिए



रुपन्देही, २६ भाद्र । शुक्रबारदेखि हराएका बुटवलका तीन जना विद्यार्थी भारतको मुम्बइमा फेला परेका छन् । मुम्बइको केरला रेलवे स्टेशनमा शनिबार राति दुई बजे उनीहरु तीनै जना अर्धचेत अवस्थामा फेला परेको पारिवारिक स्रोतले बताएको छ ।

शुक्रबार बिहान विद्यालय जान भनी घरबाट हिँडेका उनीहरु विद्यालयमा हाजिर समेत नभएको अवस्थामा बेपत्ता थिए ।मुम्बइमा उनीहरु फेला परेको खबर पाएपछि उद्धारका लागि नेपाल प्रहरीलाई लिएर जाने तयारी भईरहेको अभिभावकहरुले बताएका छन ।

बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबारदेखि बेपत्ता थिए । उनीहरु मध्ये दुई जना नवीन औद्योगिक माध्यमिक विद्यालय र एक जना नहरपुर माध्यमिक विद्यालयका विद्यार्थी हुन । उनीहरु घरबाट सँगै विद्यालय हिँडेका थिए ।

उनीहरुलाई कसले मुम्बइ पुर्‍यायो भन्ने केही थाहा नभएको अभिभावकहरुले बताएका छन् । इलाका प्रहरी कार्यालय बुटवलले उनीहरुलाई सहज तरिकाले नेपाल ल्याउन र कसले त्यहाँ पुर्‍याएको हो भन्ने पत्ता लगाउने काममा प्रहरी लागेको बताएको छ ।

पछिल्लो समय तराईका विभिन्न जिल्लाबाट नेपाली विद्यार्थीहरु अपहरण गरेर भारत लैजाने गरिएको विषय सामाजिक सञ्जालमा फैलिएको बेला यो घटना भएको हो ।

प्रकाशित : २६ भाद्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६