काठमाडौं २६ भदौ । सर्लाहीका निवर्तमान जिल्ला समन्वय समिति प्रमुख तथा जसपा नेपालका नेता मेथुर चौधरीसहित जिल्लाका प्रभावशाली नेता तथा जनप्रतिनिधिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।एमाले केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।प्रवेश गर्नेमा मलंगवा नगरपालिकाका निवर्तमान मेयर निरसल साह, पर्सा गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपा नेता किसुनदेव यादव, कौडेना गाउँपालिकाका निवर्तमान अध्यक्ष राजीनन्दन चौधरीसमेत छन् ।त्यस्तै नेपाली कांग्रेसका नेता जुनैद रिजबीसहित चारवटा निर्वाचित वडाध्यक्षपनि एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा जसपा नेताहरू बैधनाथ राय, नन्दकिशोर राय, वीरेन्द्र राय, माओवादी नेता सनम नेपाललगायत रहेको एमाले नेता विदुर प्याकुरेलले जानकारी दिए ।
२६ भाद्र २०७९, आइतबार
प्रतिक्रिया