हरि घिमिरे, २७ भाद्र ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । आईतबार बाणगंगा– ४ ठाकुरापुरमा रहेको पिस हिमालयन रिसोर्टमा गोष्ठी सम्पन्न भएको हो । कार्यक्रमका प्रमखु अतिथी सार्वजनिक लेखा समिती सभापती एवम लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले काठमाडौंमा अहिले घर भत्काउनु पर्ने बाध्यता स्मरण गर्दै बाणगंगामा पनि त्यस्तो समस्या आउन नदिनको लागी अहिल्यै बाट हामि सबै सचेत हुनु पर्ने बताउनु भयो । उहाँले बाणगंगा लाई सुन्दर सहरको रुपमा विकास गर्न अहिल्यै देखी संरचना निर्माण गर्दा मापदण्ड तयार गरी उक्त मापदण्ड अनुसार संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो । बाणगंगामा जनसंख्या वृद्धिदर क्रमश बढ्दै गएको उहाँले बताउनु भयो । यसलाई धान्नको लागी सार्वजनिक जग्गा जमिन अतिक्रमणको कामलाई रोक्न आवश्यक रहेको पन्थीको भनाई छ । उहाँले अहिले नै व्यवस्थित संरचना निर्माण नगरे निकट भविष्यमा नै ठूलो चुनौति थपिने दाबी गर्नु भयो । पन्थीले बाणगंगा लाई विकासको एउटा किल्लाको रुपमा स्थापित गर्नुपर्ने बताउँदै त्यसको लागी जनप्रतिनिधी, स्थानिय लगायत सम्पुर्णको भुमिका महत्वपुर्ण हुने बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले समग्र बाणगंगा नगरपालिकाको परिचय, राजनितिक एवम् प्रशासनिक नक्सा विभाजन, व्यपारिक एवम् धार्मिक, पर्यटकिय स्थल, योजनाहरु र कार्यान्वयनको अवस्था आदि विषयवस्तुको बारेमा जानकारी गराउनु भएको थियो ।
उहाँले कार्य पत्र प्रस्तुत गर्दै नगरपालिकाका समग्र विषयवस्तुको बारे स्पष्ट पार्नु भएको थियो । प्रमुख प्रशासकिय अधिकृत भुसालले नगरपालिकाका मूलभुत समस्या एवम् चुनौति, समाधानका उपाय, अवसर प्रस्तुत गर्दै संघ, प्रदेश र जिल्ला समन्वय समितिसंग गरिएका विभिन्न किसिमका अपेक्षाहरु समेत उल्लेख गरे ।
कार्यक्रममा सहभागिले वडा नम्बर १ को नक्सा हराएको विषय, छाडा पशुचौपया व्यवस्थापन, बसपार्क निर्माण, प्राकृतिक स्रोत साधनको उचित उपयोग, पर्यटकिय स्थलको प्रवर्धन, कृषि, स्वास्थ्य क्षेत्रमा नगरपालिकाले उचित ध्यान दिन नसकेको गुनासो गरेका थिए ।
सहभागिले उठाएका प्रश्नको जवाफ दिदैँ नगर प्रमुख चक्रपाणि अर्यालले नक्साको विवाद धेरै रहेको र त्यसको समधानको लागी नगर गम्भिर रुपमा अघि बढीरहेको बताउनु भयो । त्यस्तै उहँले यातायात व्यवसायीको समस्यामाआफ्नो क्षेत्राधिकार भित्र नपर्ने बताउँदै क्षेत्राधिकार भित्र पर्ने अटो रिक्सा व्यवसायका समस्या लाई छिट्टै समधान गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
उहाँले कपिलवस्तु जिल्ला कै प्रमुख समस्याको रुमा रहेको छाडा चौपायाको समधानको लागी नगरले पहल गरीरहेको र सम्पुर्ण मिलेर यसको समधान गर्नुपर्ने उहाँकोे भनाई छ । त्यस्तै यहि आर्थिक वर्षमा वसपार्क व्यवस्थापनको काम सुरु गर्ने मेयर अर्यालले बताउनु भएको छ । मेयर अर्यालले गुनासोसंगै विभिन्न महत्वपूर्ण सुझावहरु प्राप्त भएको बताउँदै ती सबैलाई आगामी दिन मनन गरेर समावेश गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।
पुर्वमेयर मंगलप्रसाद थारुले नगरको विकासका लागी सबै एकजुट हुन आवश्यक रहेको बताए । उनले जनताको जनजीविकासंग प्रत्यक्ष जोडिएका विषयमा नगरले चासो दिनुपर्ने बताए ।
सिद्धार्थ क्याम्पस बुङ्चीका क्याम्पस प्रमुख खेमराज शर्माले शैक्षिक अनुसन्धानको क्षेत्रमा नगरपालिकाले ध्यान नदिएको गुनासो गरे । जनताले स्थानीय सरकार भएको प्रत्यक्ष अनुभूति गर्ने गरि नगरपालिकाले काम गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा विभिन्न राजनितीक दलका प्रतिनिधी, पत्रकार लगाएतले आ–आफ्नो भनाई राखेका थिए । मेयर चक्रपाणी अर्यालको अध्यक्षता, उपमेयर रिता कुमारी चौधरीको स्वागत तथा शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
बाणगंगाको समिक्षामा प्रस्तुत कार्यपत्र








प्रतिक्रिया