प्रदेश

कपिलवस्तुमा विद्युत महशुल बाँकी रहेका ग्रहाकको लाईन काट्न शुरु, तिन जना विद्युत चोर पक्राउ




हरि घिमिरे, २७ भाद्र ।
कपिलवस्तुमा विद्युत महशुल बाँकी रहेका ग्रहाकको लाईन काट्न शुरु गरिएको छ । विद्युत प्रधिकरण तौलिहवाले ६० दिन भन्दा बढि विद्युत महशुल बाँकी बक्यौता रहेका ग्रहाकको लाईन धमाधम काट्न शुरु गरेको प्रमुख राजेस झा ले जानकारी दिनुभयो । उहाँका अनुसार १० हजार भन्दा माथि बाँकी बक्यौता रहेकाको पनि लाईन काटिएको बताईएको छ । बाँकी बक्यौता अशुल गर्नका लागि जिल्ल भरिनै लाईन काट्न बाध्य भएको प्रधिकरण तौलिहवाले जनाएको छ । यस्तै तिन जना विद्याुत चोर पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले उनिहरुलाई पक्राउ गरेको हो । विद्युत चुहावट चेकिङ्गका बेला उनिहरुलाई चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरिएको वितरण प्रमुख झा ले बताउनु भयो । उनहिरुलाई जिल्ला प्रहरी कार्यालय तौलिहवामा बुझाईएको प्रमुख झा ले जानकारी दिनुभयो । जिल्लाका दक्षिणी यशोधरा गाँउपालिका र कपिलवस्तु नगरपालिका बाट गए राति उनिहरुलाई पक्राउ गरिएको बताईएको छ । पक्राउ पर्नेमा बृजेश यादव, अब्दुल सलाम, असगर अलि रहेका छन् । उनिहरुले मिटर छेउ बाट हुकिङ्ग गरेर विद्युत प्रयोग गर्दै आएका थिए ।

प्रकाशित : २७ भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६