खोज–अनुसन्धान

केहि महिना यता सतप्रतिशत ब्याज बढ्दा उद्योगी ब्यवासायी टाट पल्टिए : गोल्छा




बुटवल २६ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले केहि महिना यता बैंकको व्याजदर सत प्रतिशत भन्दा बढी बढेको उल्लेख गर्दै त्यसले उद्योगी व्यवसायीलाई ठूलो समस्या भएको बताउनु भएको छ । उहाले मुलुकको अर्थतन्त्रको सुधारको लागि सन् २०३० सम्मलाई तार्गेट गरेर महासंघले ल्याएको भिजन पेपरलाई सरकारले ईग्नोर गरेको बताउँदै कतिपय कुराहरु सम्बोधन भईसकेको भनाई राख्नुभयो ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार बुटवलमा आयोजना गरिएको ६९ औं साधारण सभाको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गोल्छाले कोरोना महामारी, कर्जा प्रवाहमा तरलताको अभाव, रुस युक्रेन युद्ध लगायतका कारणले उद्योगी व्यवसायी ठूलो मारमा परेको भएपनि बंगलादेश पाकिस्तानको जस्तो समस्या नआउने प्रष्ट पार्नुभयो । मुलुकको औद्योगिक विकासको लागि औद्योगिक क्षेत्रको विकास र त्यसमा पूर्वाधार निर्माणमा जोड दिनुभएको छ ।

औद्योगिक विकासको लागि सरल तरिकाले जग्गाको प्राप्ती र प्राप्त भएको जग्गामा पूर्वाधार विकासमा सरकारले सघाउनु पर्ने भनाई राख्नुभएको हो । त्यस्तै औद्योगिक क्षेत्रमा उद्योगहरुलाई लिज सम्झौताको समयावधी पनि बढाउनु पर्ने भनाई राख्नुभयो ।

प्रकाशित : २७ भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६