खोज–अनुसन्धान

३ शिक्षक राख्नेगरि लिइएको परीक्षा विबादको घेरामा : नगर समक्ष छानविन गर्न माग




कपिलवस्तु २ असोज ।कपिलवस्तुको बाणगंगा नगरपालिका शुसासनमा देशकै पहिलो भएर पुरस्कार पाएको नगर हो । तर यहाको शिक्षा शाखाको नेतृत्व गर्ने र मातहतका कतिपय विधालयका प्र.अ.हरु शिक्षकको नियुक्ती , सरुवा र दरबन्दी मिलानमा आर्थिक चलखेल गरेका कारण विवादमा आउने गरेका छन् । पछिल्लो पटक महेन्द्र मावि कोपवामा कम्प्यूटर विषय ,अंग्रेजी विषय र साइन्स अन्तर्गत रसायन शास्त्र विषयको ३ जना शिक्षक मावि देखि उच्च मावि तह राख्ने क्रममा उत्पन्न विवादले यहाको शिक्षामा अझै केकति बिकृति रहेछन् भन्ने प्रष्टाएको छ ।
कोपवामाविकी प्रअ तनुश्री भण्डारीले आफूले भनेका मान्छे राख्नु पर्ने र विज्ञ आफैले तोक्नु पर्ने अडान लिएपछि पटकपटक परिक्षाको मिति तोक्ने र विवाद भएपछि सार्ने क्रम चलिरहेको थियो । तेश्रो पटक ३१ भदौमो जाँच लिनेगरी ब्यवस्था मिलाइयो । तर विद्यालय ब्यवस्थापन समिती अध्यक्ष अमृत चौधरी र प्रअ तनुश्री भण्डारीले विज्ञका नाममा आफ्नो सेटिङ्ग अनुसार चल्ने शिक्षक राखेर परीक्षा लिने काम जवरजस्ती रुपमा गरेका छन् । त्यसमा पनि एकजना परिक्षार्थीलाई त खवरै नगरेर जाँच दिनवाट रोक लगाइएको पुष्टि भएकोछ । जाँच दिन खवरै नगरेर छुटाएका रसायन शास्त्र विषयको शिक्षकका लागि प्रतिस्पर्धी पद्मा बस्नेतले जाँच दिन नपाउनु दुखद रहेको वताउदै प्रअ र अध्यक्षको नियतनै बेठिक रहेको वताउनु भयो । आफूले स्थानीय सरकार , अदालत र अख्तिार सबैतिर उजुरी दिएर न्यायकालागि लड्ने वताउनु भयो ।
यति सम्म अनियमितता र चलखेल गरिएको छ की मावि दोश्रो तहको दरबन्दीमा परिक्षा लिन राखिएका विज्ञ मावि तेश्रो तहका रहेकाछन् । नियमानुसार दोश्रो तहको दरबन्दीमा परिक्षा लिन पहिलो तहका विज्ञ राखिनु पर्ने हो । नेपाली कांग्रेसको जिम्मेवार कार्यकर्ता समेत रहेका विद्यालय ब्यवस्थापन समिती अध्यक्ष अमृत चौधरी र प्रअ तनुश्री भण्डारीले आर्थिक तथा राजनैतिक चलखेल गरेको प्रष्ट भएको छ । फलस्वरुप जाँच गराइएका उत्तर पुस्तिका सिल गरेर प्रहरीको जिम्मा लगाइएको छ । सेटिङ्गमा हुदै गरेको परिक्षाका उत्तर पुस्तिका जाँचेर नतिजा प्रकाशन नपाएपछि शिक्षा शाखा प्रमुख खिमवहादुर जिसी र विद्यालयका लेखापाल गोपाल दुबेले चलखेल गरेको भन्दै स्वयम प्रअ तनुश्री भण्डारीको हवला दिदै पत्रकारलाई प्रयोग गरेर समाचार लेखाइएको पाइएको छ ।
परिक्षाको अघिल्लो दिन कोपावका समाजसेवी बुद्धी जिवी शिक्षाप्रेमी १५ जना अभिभावको समुहले विद्यालय ब्यवस्थापन समिती अध्यक्ष अमृत चौधरी र प्रअ तनुश्री भण्डारीले सेटिङ्ग गरेर कसलाई पास गराउने भन्ने पूर्व निर्धारण गरेर आफ्नै आदेशमा चल्ने नाममात्रका विज्ञ राखेर अनियमितता गरिएको भन्दै नगरमा निवेदन दिएका थिए । शिक्षा शाखा प्रमुख खिम वहादुर जिसी र मेयर चक्रपाणी अर्याल समक्ष परिक्षा रोक्न र मापदण्ड अनुसारका विज्ञ राखि जाँच लिन माग गरेका थिए । तर यतिठूलो विवाद जाँच हुनु पूर्व श्रृजना भएपनि शिक्षा शाखा प्रमुख जिसीले नगरपालिकाका मेयर उपमेयर र प्रमुख प्रशासकीय अधिकृतसंग कुनै सल्लाहनै नगरी गएर जाँच चलाउनु र एकजना जाँच दिनवाटै बञ्चित रहनुले जिसी समेत विवादको घेरामा परेका छन् ।
जेहोस यस्तो विकृति विसंगती यूक्त परिक्षा बदर गरेर स्वच्छ र मर्यादित परिक्षा गराउन नगर पालिका शिक्षा शाखा र स्वमय विद्यालय अग्रसर हुन्छन् वा बिकृतिलाई तै चुप मैचुपमा मिलाउनछन् त्यो भने पर्खेर हेर्नू पर्ने भएको छ । तर परिक्षा दिनवाटै बञ्चित पद्मा बस्नेतले अदालत र अख्तियारमा समेत निवेदन दिने तयारी गरेकाले सेटिङ्ग र स्वेच्छाचारीता गर्नेहरु भने केहि समय तनावमा पर्ने र चलखेल पुष्टि भए जागिरवाटै हातधुनु पर्ने हुन सक्छ । भनिन्छ अति भएपछि पाप धुरीवाट कुर्लन्छ भनेको यस्तैलाई होला ।

प्रकाशित : २ आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६