रुपन्देही ७ असोज । राजनैतिक नेतृत्वको पहुच र प्रभावका कारण रुपन्देहीमा ३७ वटा पकेटक्षेत्र कार्यक्रम स्वीकृत भएका छन् । त्यसमध्ये २० वटा पुराना र १६ वटा नयाँ हुन् । पकेटका कार्यक्रम सञ्चालन गर्न रुपन्देहीमा चार करोड ५४ लाख बिनियोजन भएको छ ।पशुपालन सहितका १७ कार्यक्रम भने संचालन हुन नसकेको पाइएको छ । त्यसैले रुपन्देहीमा सञ्चालनमा रहेका पकेटका कार्यक्रममा देखिएको अन्यौलता चिर्न जनप्रतिनिधि र स्थानीय तहका कर्मचारीलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । तीन वर्ष यता पकेटका कार्यक्रम स्थानीय तहले सञ्चालन गर्दै आएका छन् । कार्यक्रम सञ्चालन गर्दा कार्यविधि मिचेर कार्य सम्पादन हुन थालेपछि भैरहवामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको परियोजना प्रमुख नारायण काफ्लेले जानकारी दिए ।
रुपन्देहीमा चालु आर्थिक वर्षकालागि २० वटा पुराना पकेटको निरन्तरता हो भने १६ वटा नयाँ पकेटका कार्यक्रम सञ्चालन हुँदै छन् । पकेट कार्यक्रम अन्तरगत धान, तरकारी, गहुँ, बाख्रा, मकै र केराका कार्यक्रम सञ्चालनमा छन् । गएको आर्थिक वर्षमा रुपन्देहीमा १७ वटा पकेटका कार्यक्रम हुन सकेका थिएनन् । अधिकांश स्थानीय तहले पशु पालन तर्फका पकेट सञ्चालन गर्न सकेनन् । कृषि तर्फका पकेटको कार्य सम्पादन भने केही सुधारउन्मुख थियो । कार्यविधिमा भएको अन्यौलताले कार्य सम्पन्नमा समस्या आएको कृषि तथा पशु प्रविधिकहरुको भनाई छ
७ आश्विन २०७९, शुक्रबार
प्रतिक्रिया