बाँके ७ असोज । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित गर्नुको कुनै अर्थ नरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभयो । राष्ट्रपतिले विधेयक प्रमाणित गरेको र नगरेको दुवै अवस्था नरहेको भन्दै उहाँले अहिले राष्ट्रपतिले संविधानभन्दा माथि राष्ट्रलाई प्राथमिकतामा राखेर निर्णय गर्नुभएको नेता भट्टराईले बताउनुभयो ।
राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने राष्ट्रपतिको मुख्य काम भएको भन्दै नागरिकता विधेयकले जनमत विभाजित गर्ने काम गरेकाले राष्ट्रले लिएको बाटो सही भएको उहाँको भनाइ छ । नागरिकताजस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमति आवश्यक पर्ने भन्दै अब नयाँ निर्वाचनपछि आउने प्रतिनिधिसभामा नयाँ नागरिकता विधेयक ल्याई अघि बढाउनुपर्ने बताउनुभयो । सचिव भट्टराईले सबै पक्षले संविधानको पालना गर्नुपर्ने भन्दै आफ्नो मर्यादामा रहनुपर्नेमा जोड दिनुभयो ।
७ आश्विन २०७९, शुक्रबार








प्रतिक्रिया