अर्थ-वाणिज्य

कांग्रेस -माओवादी साठगाठवाट जसपा र समाजवादी चिढिए : गठबन्धनको बैठक बस्नै सकेन



भक्तपुर १४ असोज । सत्तारुढ दलभित्र सिटसंख्या बाँडफाँटमा फेरि समस्या देखिएको छ। बीहिवारको बैठकमा कार्यदल संयोजक कृष्ण सिटौलाले पहिला पेस गरिएको भन्दा कम संख्या प्रस्ताव गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी पार्टीले असहमति जनाएपछि बिहीबारको निर्णायक बैठक बस्न नसकी उठेको एक नेताले बताए।‘ बैठकमा संयोजक कृष्ण सिटौलाले पहिला भनेको भन्दा पनि कम सिट हामीलाई दिनेगरी प्रस्ताव ल्याउनुभयो,’ एकीकृत समाजवादीका ती नेताले भने, ‘हिजोसम्म एउटा थियो, आज अर्कै ल्याएपछि सहमती भएन।
कांग्रेसको दोस्रो प्रस्तावले जसपा र एकीकृत समाजवादीको चित्त बुझेन अनि बैठक बसेन।’कांग्रेस र माओवादी दुवै पार्टीले पहिले दाबी गरेका स्थान आफैँले राखेर प्रस्ताव ल्याए। जसअनुसार कांग्रेस ८७ र माओवादी ५३ पुर्‍याए, विवाद रहेका क्षेत्र पनि उनीहरूकै बनाएर ल्याएपछि मिल्ने कुरै भएन,’ ती नेताले थपे।बुधबार मध्यरातीसम्म गठबन्धनमा कांग्रेसले ८४, माओवादीले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने सहमति जुटेको भनिएको थियो। तर त्यो भताभुङ भएको छ । अब फेरि शुक्रबार बैठक बस्ने निर्णय भएको छ।

प्रकाशित : १४ आश्विन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६