प्रदेश

राजमार्गमा जताततै पहिरो, सिस्नेखोलामा सडक अवरुद्ध



धादिङ, २० असोज ःधादिङको पृथ्वीराजमार्ग र त्रिभुवनराजपथको विभिन्न स्थानमा पहिरो र बाढीका कारण राजमार्गमा यातायात साधन सञ्चालनमा समस्या आएको छ ।त्रिभुवनराजपथअन्तर्गत धुनीबेँसी नगरपालिकाको सिस्नेखोला सुरुङमार्ग क्षेत्रमा लगातारको पहिरो हटाउनसमेत समस्या भएको छ । लगातारको वर्षाले सडकमाथिबाट अनियन्त्रितरूपमा पहिरो झरिरहेको छ । डोजरर स्काभेटर तयारी अवस्थामा राखिए पनि पहिरो हटाउन समस्या आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो ।पृथ्वीराजमार्ग क्षेत्रमाथि गाउँमा स्थानीय सरकारले जथाभावी सडक खनेका कारण पहिरो आउने, लेदो बग्ने र काठमाडौँ भित्रिने राजमार्ग अवरुद्ध हुने गरेको छ । तीनदिनदेखिको लगातारको वर्षाका कारण पृथ्वीराजमार्गको आदमघाटमा सडक माथिबाट पहिरो र रुखसमेत आएर राजमार्ग अवरुद्ध भएको छ । सुरक्षाकर्मीले सडकमा आएको पहिरो र रुख हटाएर यातायात सञ्चालन गराएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्यामबहादुर खत्रीले बताउनुभयो ।गल्छी गाउँपालिका महेशदोभान बैरेनी क्षेत्रमा सडक माथिबाट लेदो आएर सडकमा यातायात अवरुद्ध भएको छ । गल्छी बजारमा सडक माथिबाट आएको पहिराका कारण सवारीसाधनको राजमार्गमा लामो जाम लागेको छ ।डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको भए पनि लगातारको पहिराले यातायात सञ्चालनमा कठिनाइ आएको छ ।

धादिङबेँसीबाट उत्तरी नाकामा पर्ने रुबिभ्याली र खनियाबास क्षेत्रसँग आउनेजाने बाटो अवरुद्ध भएको छ ।ठाउँठाउँमा पहिरो गएपछि यातायातका साधन दुई दिनदेखि चल्न छाडेको छ भने मानिससमेत आवतजावत गर्न कठिनाइ भएको खनियाबासका इमान तामाङले जानकारी दिनुभयो । लगातारको वर्षाले खोला तथा नदीमा बहाव बढेको छ भने पहिरो जाने सम्भावना भएका क्षेत्रमा समेत सतर्क रहन गाउँवासीलाई जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सूचना जारी गर्दै जिल्लाका १३ स्थानीय तहलाई विपद् पूर्वतयारीमा रहन र विपद् परेका राहत उद्धारमा लाग्नसमेत आग्रह गर्नुभएको छ ।(रासस)

प्रकाशित : २० आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६