पशुपति गिरी
कपिलवस्तु, २१ असोज ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ उदयपुर दुर्गा मन्दिर परिसरमा आज बाजागाजा सहित सराय नाच भएको छ । सराय नाचगान बाजागाजा सहित भएर फुलपाती सेलाउने काम सम्पन्न भएको छ। हिन्दु धार्मिक, परम्परा र संस्कृतिलाई संरक्षण दिनको लागि सराय नाच सुरु गरीएको शैलेन्द्र बेल्वासेले बताए । सराय नाचमा नौमति बाजामा युवायुवती, बृद्धबृद्धा, समाजसेवी सवैले हातमा खुडा, खुकुरी, तरवार लिई एक अर्कामा भाईचाराको सम्वन्ध होस भनि नाच्दै दुर्गा मन्दिर परिसर वरीपरी र उदयपुर गाउँको पुरै परिक्रमा गरी पुनःदुर्गा मन्दिरमा पुगेको थियो ।
(भिडियो सहित)
२१ आश्विन २०७९, शुक्रबार








प्रतिक्रिया