प्रदेश

सत्ता गठबन्धनको पुर्ण समर्थन प्रभु साहलाई रहने



काठमाडौं, २७ असोज । नेकपा एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार प्रभु साह उठेको रौतहट ३ मा साहलाई समर्थन गर्ने निर्णय भएको छ । सत्ता गठबन्धनको भागबण्डामा रौतहट ३ ओवादी केन्द्रको भागमा परेको थियो । सोही अनुसार माओवादी केन्द्रका तर्फबाट रवीन्द्र पटेल उम्मेदवार छन् ।

‘पटेलजीलाई राजनीतिक रुपमा सम्झाएर प्रभु साहलाई समर्थन गर्ने निर्णय भएको छ,’ नेता पुनले भने । नेताहरुका अनुसार माओवादी केन्द्रले प्रभु साहलाई माओवादी केन्द्रकै चुनाव चिह्नमा चुनाव लड्नसमेत आग्रह गरेको थियो । जवाफमा साहले आफू स्वतन्त्र नै चुनाव लड्ने बताएका थिए । तर, भविष्यलाई समेत ख्याल गरेर सहयोग गर्न साहले माओवादी नेतृत्वलाई आग्रह गरेका थिए ।

प्रभु साहको आग्रहमा स्वतन्त्र उम्मेदवारी दिएकाहरुको सन्दर्भमा भने सत्तागठबन्धन मौन छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता असोज २३ गते भएको थियो । सोही दिन एमालेको टिकट त्यागेर प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । साहकै आग्रहमा रौतहटसहित मधेश प्रदेशमा अन्य नेताहरुले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

साह माओवादी पृष्ठभूमिकै नेता हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा एकता भंग भएपछि साह एमाले अध्यक्ष केपी ओलीको पक्षमा खुलेका थिए । नेकपाको निरन्तरता भन्दै एमालेमा रहँदा साहसहित माओवादीका अन्य चार जना नेताले सांसद पदसमेत गुमाउनु परेको थियो ।

आफूहरुले केपी ओलीलाई संकटमा साथ दिएको भए पनि त्यस अनुसार व्यवहार नभएको भन्दै साहले एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।

प्रकाशित : २७ आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६