प्रदेश

रुपन्देही २ का उम्मेद्वार राजु गुरुङको रिटको पेशी ‘हेर्न नभ्याइने’ मा



बुटवल, ०२ कार्तिक । रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पेसी ‘हेर्न नभ्याइने’ भएको छ ।

रिट न्यायाधीशद्वय सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको थियो । असोज ३० गते सर्वोच्चले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

निर्वाचन आयोगले बैंकिङ कसूरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो । त्यसका विरुद्धमा गुरुङ सर्वोच्च अदालत गएका थिए । सो क्षेत्रमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।

प्रकाशित : २ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६