प्रदेश

कपिलबस्तु १ : ‘हेबिवेट’ बलदेब र बलराममा को बलवान् ?



भुपाल थापा
कपिलबस्तु, ४ कार्तिक ।प्रतिनिधिसभा अन्तर्गत कपिलबस्तु–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल (बलदेव) र एमालेका बलराम अधिकारी बीच चुनावी भिडन्त हुने देखिन्छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा पूर्वमन्त्री समेत रहेका चक्रपाणी खनाल (बलदेव) र नेकपा एमालेका जिल्ला इन्चार्ज एवं संबिधानसभा सदस्य बलराम अधिकारीबीच मुख्यतः महाभिडन्त हुने देखिएको हो ।तीन निर्वाचन क्षेत्र रहेको कपिलबस्तुमा क्षेत्र नम्बर १ मा ‘हेबिवेट’ उम्मेदवार बलदेवलाई टक्कर दिन बलराम निर्वाचनमा होमिएका हुन्  । कपिलबस्तु–१ मा दुवैतर्फका यी उम्मेदवार जिल्लामा पाका एवं हक्की नेताका रुपमा समेत परिचित छन् ।

मंसिर ४ को आमनिर्वाचनमा आमन–सामने भिडन्तका लागी तत्पर बलदेव र बलराम बिगतको निर्वाचनमा साझेदार सहकर्मीका रुपमा रहेका थिए । ०७४ सालमा एमालेकैे समर्थनमा उम्मेदवार भएका माओवादी केन्द्रका बलदेवले कपिलवस्तु १ मा २९ हजार ७९९ मत ल्याएका थिए । उक्त निर्वाचनमा कांग्रेसका उम्मेद्वार दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत पाएका थिए । ०७४ को निर्वाचनका मुख्य प्रतिस्पर्धी रहेका बलदेव र उपाध्याय अहिले बाम–लोकतान्त्रिक गठबन्धनका कारण एकै ठाउँमा सत्ता साझेदारका रुपमा रहेका छन् ।

गत बैशाखमा मात्रै भएको स्थानिय तहको निर्वाचनमा कपिलबस्तु क्षेत्र नम्बर १ मा ३० वडाध्यक्षहरुको मतलाई आधार मान्दा कांग्रेस नै अघि रहेको छ । कांग्रेसका वडाध्यक्षहरुले २८ हजार २७१ ल्याएका थिए । एमालेका वडाध्यक्षले २६ हजार ८२३ रहेको छ । त्यस्तै जसपाको १३ हजार ५१०, माओवादी केन्द्रको ९ हजार ३३८, एकीकृत समाजवादीको ३ हजार ७२२, लोसपाको ३ हजार ४२४, राप्रपाको २ हजार ४८० रहेको छ ।हाल कायम रहेको बाम–लोकतान्त्रिक गठबन्धन अन्र्तगत नेपाली कांगे्रस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको प्राप्त मतलाई आधार मान्दा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारको जीत सुनिश्चित देखिन्छ । कपिलबस्तु–१ मा कुल मतदाता एकलाख ४१ हजार १३ रहेका छन् । स्थानीय तहको निर्वाचनको मतसंख्यालाई आधार मान्दा पनि क्षेत्र नम्बर १ मा बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार बलदेव जीतको नजिक देखिन्छन् ।

०७० मा पहिलो पटक कपिलबस्तु–१ मा एमालेको झण्डा गाडेका अधिकारीलाई यसपटक सत्ता गठबन्धन चुनौतीको रुपमा देखिन्छ । ०७४ को चुनावी मैदान उत्रने तिब्र इच्छा राखेका अधिकारीले अहिलेका प्रतिस्पर्धी बलदेवलाई सहयोग गरेका थिए । पछिल्लो समयमा एमालेसमेत विभाजित रहेको अवस्थाले बलरामलाई चुनौती थपिएको छ ।तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का प्रमुख राजनितिक सल्लाहकार समेत भैसकेका बलदेव २०७४ मा कपिलवस्तु १ वाट निर्वाचित भई कृषिमन्त्री भए । उनको कार्यकाल छोटो भए पनि मुख्यगरि जमिन र कृषिमा नीति निर्माणमा काम गरि जमिनको व्यवस्थापन ४ प्रकारवाट गर्ने कार्य आरम्भ गरेका थिए ।

उनले व्यवसायिक, कृषि, उद्योग र सुकुम्वासिका लागि योजना निर्माण गरे भने मालपोतमा व्यापक भ्रष्टाचार हुने देखिएकाले अनलाईन प्रणालीमा ल्याउने काम समेत गरे ।जमिनको चक्लाबन्दिको विषय र “कृषिमा यूवा” भन्ने कार्यक्रम जो निकै प्रभावकारी थियो । तत्कालिन अवस्थामा भारतीय खसीबोका आयातमा कढाई गर्ने र धुलो दुध आयातमा कटौती गरि स्वदेशी उत्पादनलाई बढावा दिने कार्य बलदेवको मन्त्री हुँदाको प्रमुख र ऐतिहासिक कार्य थिए । तर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले लागु गर्न नदिएपछि बलदेवले पदवाट राजिनामा दिए ।कृषिजन्य वस्तु आयातमा खसि बोका प्रतिबन्ध, सात ओटै प्रदेश र कपिलवस्तु गरि आठ ओटा कृषि उपज संकलन केन्द्र निर्माण गर्ने योजना ओलिलाई सुनाएका थिए लुम्विनीको कपिलवस्तुमा सोही अुनसारको योजनाकार्यान्वनमा पनि आइ सकेको छ ।

कपिलबस्तु–१ मा बाणगंगा, मायादेवी, शुद्धोधन पालिकाका सबै र कपिलवस्तुको नगरपालिकाको ७, ८, ९, १० र ११ वडा गरी ३० वडा रहेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका उम्मेद्वार अधिकारी पुनः दोस्रोपटक निर्वाचित हुनेमा बिश्वस्त देखिन्छन् । मधेसमा यसपाली एमालेको पक्षमा ठूलो जनलहर आएकोछ । मधुसुधन चौधरी सहित लोसपाको सिंगो जिला कमिटी एमालेमा समाहित भएको छ । जसपा र एमाले बीच चुनावी तालमेल घोषणा भएकोछ । दान वहादुर चौधरी सहितका नेता एमालेमा आएका छन् । सत्रा गठबन्धनवाट फैजल खान जस्ता प्रभावशनली उम्मेदवार वागी रहेका छन् । एकएक जसपावाट कांग्रेसमा लागेका शहसराम भन्दा फैजल नै बलिया देखिएक छन् । फैजलको मत संघमा सत्ता गठबन्धलाई नजाने निश्चित छ । यी सबै कारणले एमालेका बलराम अधिकारीले यसापली वाजी मार्ने आकलन रहेकोछ ।भौतिक निर्माण तथा पुर्वाधारहरुको बिकासमा उक्त क्षेत्रमा एमालेकै तत्कालिन सांसद बिश्राम प्रसाद थारुले अग्रणी भूमिका खेलेका थिए । तत्कालिन योजनाहरुको शुरुवातकर्ता थारुलाई जाने थारु अगुवाहरुको ठम्याई छ ।

प्रकाशित : ४ कार्तिक २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६