ब्रेकिंग न्युज

कांग्रेसवाट राष्ट्रिय सभाका निवर्तमान सदस्य दृग नारायण एमाले प्रबेश





बुटवल ७ कात्तिक । राष्ट्रिय सभाका निवर्तमान सदस्य एवं कपिलवस्तुका कांग्रेसका नेता दृगनारायण पाण्डे नेकपा एमाले प्रवेश गरेका छन् ।र्ए मालेका केन्द्रिय सदस्य तथा लुम्विनी प्रदेश सह इन्चार्ज द्व्य गिरधारीलाल न्यौपाने र बृजेश कुमार गुप्ताले संयुक्त रुपमा रातो किटा तथा खादा लगाएर एमालेमा स्वागत गरेका हुन् । एमालेका केन्द्रिय सदस्य एवम कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले नव प्रबेशी पाण्डेलाई पार्टीले उचित भूमिका दिने स्पष्ट पारे । सो अवसरमा जिल्ला अध्यक्ष डम्मर शर्माले एमाले क्षेत्र नं २ मा अव थप मजबुत भएका् वताए । निवर्तमान जिल्ला अध्यक्ष झविलाल पोखरेलले पाण्डेले विगतमा गरेका कमी कमजोरीलाई माफी मागेर एमालेमा आएकाले अव उप्रान्त वाचुञ्जेल एमाले मै रहने विश्वास ब्यक्त गरे ।

२०७४ को चुनावमा एमालेबाटै प्रदेश सभा सदस्यमा निर्वाचित भई प्रदेश सभाको सामाजिक विकास समिति सभापति रहेका उनी दुई वर्षअघि कांग्रेस प्रवेश गरेर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकारलाई बहुमत आवश्यक परेका बेला पाण्डेले राजीनामा दिएका थिए । त्यतिबेला नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनलाई सहयोग पुग्ने गरी राजीनामा दिएपछि उनलाई नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको थियो । उनले राजीनामा दिएपछि पोखरेललाई मुख्यमन्त्रीमा आवश्यक बहुमत पुगेको थिएन ।


यसपटक प्रतिनिधिसभामा टिकटका आकांक्षी उनी टिकट नपाएपछि असन्तुष्ट थिए । पाण्डेले सोमबार एक विज्ञप्ति जारी गर्दै विगतमा आफू आवद्ध पार्टीमै फर्किएको उल्लेख गरेका छन् । देश, जनता र आफ्नो निकासका लागि एमालेबाटै हुने देखेर आफू एमालेमा समाहित भएको उनको विज्ञप्तिमा उल्लेख छ ।उनीसंगै नेपाली कांग्रेस जिल्ला सदस्य बलराम पाण्डे, महाराजगंज नगर उपसभापति,रामचन्द्र यादव, नगर उपसचिव विजय प्रकाश गुप्ता, क्षेत्रीय प्रतिनिधि कैलाश गुप्ता,केतार यादव लगायत नेताहरु पनि कांग्रेस परित्याग गरी आफूसंगै एमालेमा प्रवेश गर्ने निर्णय गरेको पाण्डेले जानकारी दिए ।आफ्नो प्रवेशले कपिलवस्तु–२ मा प्रतिनिधि सभा सदस्यका एमाले उम्मेदवार बृजेश गुप्तालाई सहज हुने पाण्डेको भनाइ छ । कांग्रेसले सुरेन्द्र आचार्यलाई टिकट दिएपछि पाण्डे रुष्ट भएका थिए ।


प्रकाशित : ७ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६