ब्रेकिंग न्युज

४० हजार मत ल्याएर चुनाब जित्छु, बिजय जुलुशको तयारी गर्नुहोस: पुर्व मन्त्री मिश्र



कपिलवस्तु । जनता प्रगतिशील पार्टी नेपालका महासचिब ईश्वर दयाल मिश्र ९बिरेन्द्र मिश्र० ले आगामी निर्वाचनमा ४० हजार भन्दा बढी मत ल्याएर बिजय हुने दाबी गर्नुभयो । आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मिश्रले शिबराज नगरपालिकाबाट ५० प्रतीशत, महाराजगन्ज नगरपालिकाका ३ वटा वडा बाट ७५ प्रतिशत, बिजयनगर गाउँपालिका बाट ४० प्रतिशत र कृष्णनगर नगरपालिका बाट ५० प्रतिशत मत ल्याएर बिजय हुने बताउनु भयो ।

आज शिबराज नगरपालिकामा निर्वाचन विशेष कोणसभामा बोल्दै मिश्रले यस्तो बताउनु भएको हो । उहाले भन्नुभयो ूअबकी बार चालीस हजार पारू । नेता मिश्रले किसानको उत्थान गर्ने पार्टी जनता प्रगतिशील पार्टी नेपाल मात्र रहेको बताउनु भयो । किसानलाई क्रेडिट कार्डको ब्यबस्था, सिचाइको ब्यबस्था र बिउबिजन एवम मलको सजिलै उपलब्धता गराउन आफूले पहल गर्ने र चुनाब पश्चात् नेपाल सरकारले तत्काल किसानको ब्यबस्था नसुनेमा किसान आन्दोलन सुरु गर्ने र किसानका आवाज उठाउने बताउनु भयो ।यस्तै कोणसभामा बोल्दै जनता प्रगतिशील पार्टी नेपालका केन्द्रिय उपाध्यक्ष एवम समानुपातिक उम्मेदवार फरहान इकवान खानले कपिलवस्तुको क्षेत्र नं ३ मा चुनाब नजिते पनि जितेका सांसदले भन्दा बढी बिकास गरेको र बढि बजेटको लागि पहल गरेको दाबी गर्नु भयो ।

यस्तै कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टी नेपालका युवा नेता तथा क्षेत्र नं ३ ९२० का प्रदेश सभा सदस्य पदका उम्मेदवार मिर्जा राशिद बेगले १५ बर्ष सम्म यहाँ राज गरेर बसेका सांसदले केही काम नगरेको जिकिर गर्नुभयो । उहाँले यस क्षेत्रमा सुबिधा सम्पन्न अस्पताल र डिग्री कलेज बनाउने जनता प्रगतिशील पार्टीले ग्यारेन्टी गर्ने बताउनु भयो युवा तथा खेलकुद बिकासमा यो क्षेत्र पछाडि परेको भन्दै नेता मिर्जा राशिद बेगले युवालाई रोजगारी र खेलकुदको ब्यबस्था र किसानलाई सिचाइको ब्यबस्था गरिदिने बताउनु भयो ।युवाहरुको रोजगारी र किसानका समस्यालाई प्रमुख प्राथमिकमा राखेको उहाले बताउनु भयो । साथै उहाले जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हरुलाई बिजय बनाउन कोदालो लिएको किसान चिन्हमा मतदान गर्न समेत अनुरोध गर्नुभयो ।

प्रकाशित : १८ कार्तिक २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६