कपिलवस्तु
एमालेबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार नवराज लामिछानेले गोरुसिंगे बजारलाई रात्री कालिन व्यापारको हव बनाउन जोड दिने बताउनु भएको छ । आइतवार घरदैलो गर्दै जनता सँग रातको समयमा निर्वाद रुपमा खुला हुने गरी रात्री व्यापारको हव बनाउनमा जोड दिने बताउनु भयो उनले पालिकाबाट कार्यविधि बनाउने र प्रदेश सरकारले सिसिटिभी क्यामरा जडान, सडक उज्यालो हुने गरी सडक बत्ती जडानका लागि योजना बनाउने प्रतिबद्धता गरेका छन् ।
तपाई ढुक्क हुनुस गोरुसिंगे बजारको भविश्य छ । उनले एमालेको सरकार बने पछि पालिकाले चासो नदिएर गुमनाम रहेको गोरुसिंगे प्युठान सडक निर्माणको लागि पहल गर्ने बताउनु भयो । दोस्रो संविधान सभा निर्वाचन पछि गोरुसिंगे, रनगाई मौवावारी, सिद्धरा, जलुके, ऐरावती दरवाङ सडकको अध्ययन गरिएको लामिछानेले बताउनु भयो ।
बुद्धभूमि २ नम्बर वडामा संघिय सांसद बृजेश कुमार गुप्ताको पहलमा पुरेना बक्डरीया सडक अन्र्तगत थारु गाउँ छोट्कीडिही र बक्डरीय सडक कालोपत्रे भएको उनले बताए । गौतम बुद्ध माबीमा कम्प्युटर आइटि ल्याव र क्याम्पस भवन निर्माण योजनामा पहल गरेको कारण गुप्तालाई सम्मान समेत गरेको पूर्व वडा अध्यक्ष भेषराज शर्मा खनालले बताउनु भयो ।








प्रतिक्रिया