कपिलवस्तु, २३ कार्तिक ।
आगामी मंसिर ४ गतेको निर्वाचनको लागि प्रतिनिधि सभातर्फ कपिलवस्तुको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका चक्रपाणी खनाल बलदेवले जनताको आवश्यकता आफ्नो प्राथमिकतामा पर्ने बताउनु भयो । बाणगंगा नगरपालिका वडा न. २ मा भएको संयुक्त बाम लोकतान्त्रीक गठबन्धको घरदैलो कार्यक्रममा यस्तो बताउनु भएको हो । यहाँका जनताको आवश्यकता नै मेरो प्राथमिकता हो ।’ उहाँले भन्नुभयो–‘चुनाव जितेर गएपछि पनि जनताको माझमा आउने छु, जनताका थप आवश्यकताहरु के छन् भनेर सोध्ने छु ।’ उहाँले जनताको आवश्यकता र माग अनुसारको काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै यदि काम गर्न नसके त्यसको प्रष्ट जवाफ दिने बताउनु भयो । उहाँले आफुले बोलेका कुरा पुरा गर्ने र हावा गफ कहिल्यौ नगर्ने बताउनु भयो । यहाँका जनताले पेश गरेका योजना पुरा गर्ने जनाउनु भएको छ ।
त्यस्तै उहाँले चाकरचौडाको बाटोलाई भारत देखी चिन सम्म जोड्ने योजना रहेको भन्दै यसलाई ठुलो व्यापारिक नाकाको रुपमा विकास गर्ने बताउनु भएको छ । त्यस्तै उहँले अघिल्लो आयोगले निस्सा वितरण गरे पनि लालपुर्जा पाउन नसकेकोले त्यो समस्यालाई पनि अब समधान गर्ने बताउनु भएको ।
चुनावी प्रचार प्रसार अभियान अन्तरगत मतदाताको घरदैलोमा रहनु भएका खनालले जनतामाझ आफ्नो प्रतिवद्धता सहित आफूलाई मत दिएर जिताउन आग्रह गर्नुभएको छ । उहाँले आफ्नो निर्वाचन क्षेत्रलाई समुन्नत र विकशित बनाउने, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, आर्थिक विकास एवं औद्योगिकरण, रोजगारी, उर्जा तथा जलप्रवद्र्धन, मानव संशाधन विकास, मजदुर वर्गको उत्थान, सुशासन, भूमिहिन तथा सुकुम्वासी व्यवस्थापन, कला संस्कृतिको संरक्षण तथा प्रवद्र्धन, छाडा चौपाया व्यवस्थापन, सहकारी प्रवद्र्धन लगायतका विषयमा आफुले काम गर्ने बताउनु भयो । अब राष्ट्रीय गौरवका योजना सहितको विकास कपिलवस्तुले पाउने उहाँले बताउनु भयो ।








प्रतिक्रिया