काठमाडौं, २५ कात्तिक। आगामी मंसिर ४ गते हुने निर्वाचनबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारमा आए भारतले लामोसमयदेखि अतिक्रमिण गरेर राखेको नपाली भूमि फिर्ता लिएरै छाडने बताएका छन ।मंसिर ४ गते हुने निर्वाचन नजिँकिदै गर्दा भारतीय सञ्चारमाध्यमहरुले ओली सत्तामा आए कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने बताएका हुन ।भारतीय मिडियाको यो भनाइसँगै सत्ता गठबन्धनले भारतसामु नेपाली भूमि फिर्ता नल्याउने बाचा कबोल गरेको तथ्य पनि उजागर भएको छ ।
देशको प्रमुख राजनीतिक दलहरुको घोषणापत्रदेखि चुनावी आमसभाको सम्बोधनलाई नियालिरहेका भारतीय सञ्चारमाध्यमले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चुनावी आमसभा र भाषणलाई स्थान दिएका छन ।उनीहरुले पूर्वप्रधानमन्त्री ओली पुनः सरकारमा आए नेपालको नक्सामा समेटिएको आफ्नो देशको गुमेको भूमि कालापनी, लिम्पियाधुरा र लिपुलेकसहितको भूभाग फिर्ता लिएरै छोड्ने दाबी गरेका छन् ।भारतीय सञ्चारमाध्यमले भारतले अतिक्रमण गरेको भूभाग फिर्ता लिने अठोटका साथ पूर्वप्रधानमन्त्री ओली चुनावी मैदानमा रहेको बताउँदै ओली भारत विरोधी र चीनको समर्थक रहेको आरोप समेत लगाएका छन् ।
केहिदिन अघि, भारतको चर्चित मिडिया रिब्लिक भारतले पूर्वप्रधानमन्त्री ओलीको सरकार पुनः सरकारमा आए नेपालको भूमि फिर्ता लिने दाबी गर्दै ओली भारत विरोधी रहेको समेत रिपोर्ट सार्वजनिक गरेको छ ।रिपोर्टमा ओली भारत विरोधी रहेको आरोप लगाइएको छ भने नेपालको सरकारमा पुनः ओली आए गुमेको फिर्ता ल्याएरै छोड्ने दाबी गरिएको छ । रिपोर्टमा ओली सरकारमा रहँदा पनि भारत विरोधी बयान दिने गरेको आरोप लगाइएको छ ।भारतीय सञ्चारमाध्यमहरुले ओली सरकारमा रहँदा छिमेकी मुलुक चिनसँग पारवहन सम्झौता गरेर सुमधुर समबन्ध बढाएको बताउँदै आएको छ ।तात्कालिन ओली सरकारले चिनसँग पारवहन सम्झौता गरेर भारतीय बन्दरगाह माथिको पारम्परिक परनिर्भता तोडको थियो । नेपालले चिनका सबै खुला सुख्खा बन्दरगाह प्रयोग गर्न सक्ने गरी पारवहन सम्झौता गरेको थियो । नेपालको पक्षमा दृढताका साथ ओली उभिदा भारतीय मिडिया अताल्लिएका हुन ।








प्रतिक्रिया