खोज–अनुसन्धान

ललित गुरुङ भन्छन् कपिलवस्तु क्षेत्र नं १ मा गठबन्धन प्रतिस्पर्धा मै छैन




कपिलवस्तु २५ कार्तिक । नेपाली कांग्रेसले गठबन्धन गरेर कपिलवस्तु क्षेत्र नं १ मा माओवादी केन्द्रलाई गठबन्धनको उम्मेदवार बनाएपछि स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका एक त्यागी र इमान्दार नेता ललित गुरुङले कपिलवस्तु क्षेत्र नं १ मा आफ्नो प्रतिस्पर्धी केवल एमाले मात्र हुन सक्ने वताएका छन् । उनले घरदैलोको क्रममा बाणगंगाका विभिन्न वडामा भएका कोण सभामा वोल्दै कांग्रेसको ७५ प्रतिशत मत आफूले पाउने र त्यो मत एमालेका भन्दा धेरै हुने भएकाले जित्नकालागि कुनै समस्या नहुने दावि गरेका छन् ।
गठबन्धन चुनावी प्रतिस्पर्धामै छैन यो धेरै कमजोर भई सक्यो अव क्षेत्रको विकासकालागि स्वतन्त्र उम्मेदवारलाई पालो दिनोस उनले संवोधनका क्रममा विभिन्न ठाउमा दोहोराउने गरेकाछन् । गठबन्धनका पछि लागेका कार्यकर्ता र आफ्नो पछि लागेका कार्यकर्ताको तुलना गर्दै हेर्नोस कसका पछि जनताछ कार्यकर्ता हेरेरै थाहा हुन्छ । २ दिन यता स्वतन्त्र उम्मेदवार ललित गुरुङका पछि लाग्ने कार्यकर्ता हवात्तै बढेका छन् । कांग्रेसले कारवाही गरेको समाचार आएपछि गुरुङले आफू कारवाहीमा परेपनि कांग्रेस नै हुने जितेपछि पनि कांग्रेसमै बस्ने वताएपछि कांग्रेसका धेरै कार्यकर्ताल गुरुङलाई समर्थन जनाउदै घरदैलो तथा रयालीमा सहभागि भएका हुन् । यता गुरुङले दिन प्रतिदिन आफ्नो पक्ष मजवुत पार्दै लगेपछि उनको पक्षमा तटस्थ अभिमत पनि क्रमश खुल्दै जान थालेको वताइन्छ ।

प्रकाशित : २५ कार्तिक २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६