अर्थ-वाणिज्य

अभिशेकको बिरासत तोड्न गुप्तालाई अन्तिम मौका




कपिलवस्तु २८कात्तिक, । २०६४ सालदेखि लगातार ३ वटा चुनाव जितेका अभिषेकप्रताप शाह चौथो पटक सांसद हुनवाट रोक्न मंगल प्रसाद गुप्तालाई यस पटक अन्तिम मौका मिलेको छ । गुप्ता शक्तिशाली मध्येको एक दल एमालेको तर्फवाट उम्मेदवार हुनु र उमेरका कारण पनि फेरी फेरी चुनाव लडि रहने अवस्था कम रहनुले उनलाई यसपाली अन्तिम मौका मिलेको विष्लेषण गर्न थालिएको छ । पटक पटक जित्ने र दल बदल्ने शाह यसपाली दल पनि बदलेनन् प्रतिस्पर्धी पनि बदलिएन् । तर मुख्य प्रतिस्पर्धीको दल बललिन पुग्यो । जुन कुरा नै अभिशेकका लागि विरासत गुमाउने अवस्था हुन सक्ने देखिएको छ ।त्यसो त सांसद हुन यसपाली शाले कपिलवस्तु–३ मा १८ जनासँग प्रतिस्पर्धामा छन् ।प्रतिस्पर्धामा रहेकामध्ये एमालेका मंगलप्रसाद गुप्ता, जनता प्रगतिशील पार्टीका ईश्वरदयाल मिश्र, जनमत पार्टीका नरसिंह चौधरी र राप्रपाका प्रकाश रजौरिया प्रमुख प्रतिस्पर्धी मानिएका छन् ।

२०७४ को चुनावमा कांग्रेस उम्मेदवार शाह २० हजार १ मतसहित निर्वाचित हुँदा दोस्रो भएका गुप्ताले १५ हजार ८२६, मिश्रले १४ हजार ३३० र चौधरीले ४ हजार ९८७ मत पाएका थिए । अहिले दल बदलेका गुप्ता त्यतिबेला संघीय समाजवादी फोरमबाट, मिश्र नेकपा एमालेको सूर्य चिह्नबाट र चौधरी राप्रपाबाट उम्मेदवार थिए । २०७४ मा फोरम छाडेर कांग्रेस पुगेका शाहले यसपटक दल नबदले पनि उनका प्रतिस्पर्धी भने सोही क्षेत्रमा फरक दलबाट प्रतिस्पर्धामा छन् ।शाहसँगको प्रतिस्पर्धामा सधैं दोस्रो हुने गुप्ता गत वर्ष पुसमा जनता समाजवादी पार्टी छाडेर एमाले प्रवेश गरे । कांग्रेसबाट राजनीति सुरु गरेका गुप्ताले शाह कांग्रेस प्रवेश गरेपछि पार्टी बदल्न थालेका हुन् ।
मधेसी समुदायको बाहुल्य रहेको यो क्षेत्रमा यी ४–५ जना उम्मेदवारको समान व्यक्तिगत प्रभाव छ । तर जिल्लाको उत्तरी क्षेत्रमा रहेको खस आर्य समुदायको मतले जित हारको निश्चय गर्ने स्थानीय पत्रकार सीताराम चौधरी बताउँछन् ।कपिलवस्तु ३ मा शिवराज र कृष्णनगर नगरपालिका तथा विजयनगर गाउँपालिकाका सबै र महाराजगञ्ज नगरपालिकाको वडा नम्बर ५, ६ र ७ पर्छन् ।
शाहमाथि अन्तर्घातको आरोप :
३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कपिलवस्तु नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवारलाई हराएर राप्रपाका अजय थापा मेयरमा निर्वाचित भए । शाह निकट थापा कांग्रेसबाट मेयरको टिकट नपाएपछि राप्रपा प्रवेश गरेर मेयर भएका हुन् ।शाहकै कारण कांग्रेस उम्मेदवार हारेको र थापाले जितेको भन्दै कांग्रेसको नगर समितिले उनलाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको थियो ।तर कांग्रेसले कारबाही नगरी शाहलाई नै प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएपपछि कांग्रेस नेता शाहप्रति असन्तुष्ट छन् । शाह निकटका नेता जानकी यादव राप्रपाबाट प्रदेश सभा सदस्य उम्मेदवार छन् । विजयनगर गाउँपालिका अध्यक्षको टिकट आकांक्षी उनी कांग्रेसले टिकट नदिएपछि जसपा प्रवेश गरेर उम्मेदवार भएका थिए । तर ५०४ मतले पराजित भएपछि फेरि राप्रपा पुगेका हुन् ।
गुप्तालाई अनितम अवसर :

शाहसँगको प्रतिस्पर्धामा सधैं दोस्रो हुँदै आएका गुप्ताले यसअघि खसआर्य समुदायको मत आफूले नपाएको बताउँथे । जसपाको प्रभाव खसआर्य समुदायमा नभएका कारणले गत चुनावमा हारेको गुप्ताको आकलन छ । यस पटक एमालेबाट उम्मेदवार भएका कारण उनले पार्टीको संगठित मत पाउने अपेक्षा गरेका छन् । गुप्ताको व्यक्तिगत प्रभावको मतमा एमालेको मत जोडिने भएकाले आफूहरुको जित हुने एमाले नेता महादेव पोखरेलले बताए ।कृष्णनगर नगरपालिकाका एमाले नेता मिर्जा असरद वेग टिकट नपाएपछि जनता प्रगतिशील पार्टीमा प्रवेश गरी लुम्बिनी प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका छन् । बेगको बहिर्गमनले खासै प्रभाव नराख्ने एमालेको दाबी छ ।
मिश्र र रजौरियाको आफ्नै दाबी :
०७४ सालको निर्वाचनमा १४ हजार ३३० मत ल्याएर तेस्रो भएका ईश्वरदयाल मिश्रले यो क्षेत्रमा प्रभावशाली छवि निर्माण गरे । अघिल्लो पटक सूर्य चिह्नबाट चुनाव लडेका उनी यसपटक हृदयेश त्रिपाठी नेतृत्वको पार्टी जनता प्रगतिशील पार्टीबटै उम्मेदवार बनेका छन् । यद्यपि उनले विगतको सम्बन्धका आधारमा एमालेको मत तान्न सक्ने आकलन छ । तर एमाले नेताहरु स्थानीय निर्वाचनमा एमालेसँग सहकार्य नगरेका कारण मिश्रसँग रुष्ट छन् ।

राप्रपाबाट उम्मेदवार बनेका रजौरिया राजनीतिक परिवारको सदस्य र युवा हुन् । उनले युवा मत आकर्षित गर्ने बताएका छन् । कांग्रेस छाडेर आएका प्रभावशाली उम्मेदवारलाई प्रदेश सभामा टिकट दिएका कारण आफूहरु मजबुत रहेको राप्रपाका जिल्ला नेताहरु बताउँछन् ।कांग्रेस छाडेर आएका जानकी यादव र कृष्णप्रसाद पौडेल राप्रपाबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार छन् ।शिवराज नगरपालिकाको मेयर राप्रपाका अजय थापाले जित्नु रजौरियाका लागि सकारात्मक छ । थापाको संगत कांग्रेस नेताहरुबीचमा पनि रहेकाले कांग्रेसको आन्तरिक विवादको फाइदा राप्रपाले लिने आकलन छ ।

स्थानीय निर्वाचनको मतभार नियाल्दा :
स्थानीय निर्वाचनमा वडा अध्यक्षले पाएको मत अनुसार सत्ता गठबन्धन अघि छ । यहाँ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको मत जोड्दा २२ हजार ७७५ छ ।एमालेको मत १८ हजार ७४७, राप्रपाको ६ हजार ७४, जसपाको ९ हजार ९७४, लोसपाको ४ हजार ६७५, नेकपा एकीकृत समाजवादीको एक हजार ९८६ मत छ ।

प्रकाशित : २८ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६