प्रदेश

आज विश्व मधुमेह दिवस



काठमाडौं २८ कार्तिक । आज विश्व मधुमेह दिवस । इन्टरनेसनल डायबेटिज फेडेरेसन र विश्व स्वास्थ्य संगठनले सन् १९९१ देखि आज अर्थात् १४ नोभेम्बरमा विश्वभर विश्व डायबेटिज दिवसका रुपमा मनाउन थालेका हुन् । यही दिन डाक्टर फ्रेडरिक ग्रान्टको जन्म भएको थियो ।
उनले चाल्र्स बेस्टसँग मिले सय वर्ष पहिले इन्सुलिनको खोजी गरेका थिए । त्यसैले यो दिनलाई विश्व मधुमेह दिवसका रुपमा मनाउन थालिएको हो । इन्टरनेसनल डायबेटिज फेडेरेसनका अनुसार विश्वभर लगभग ४२५ करोड भन्दा धेरै मानिसहरु मधुमेहबाट पीडित छन् । मधुमेहका बिरामीले आफ्नो स्वास्थ्य र खानपानमा बिशेष ध्यान पुर्याउनु पर्छ ।
रगतमा ग्लुकोजको मात्रा बढी हुँदै गएमा मधुमेह हुन्छ । शरिरको तौल बढ्दै गएमा मानिसमा मधुमेहको खतरा पनि बढ्दै जाने सम्भावना हुन्छ । उच्च रक्तचापको समस्या भएको मानिसलाई मधुमेह हुन सक्छ । मानव शरीरमा कोलस्ट्रोलको मात्रा बढ्दै गएमा पनि मधुमेह हुने संभावना हुन्छ । गर्भवती महिलालाई मधुमेहको समस्या छ भने बच्चामा मधुमेह देखिने खतरा धेरै हुन्छ । मुटु रोगी र ४० वर्ष नाघेका मानिसहरुलाई मधुमेहको समस्या देखा पर्न सक्छ ।
३० वर्ष मुनिकालाई पहिलो तह र ३० वर्षभन्दा माथिकालाई दोस्रो तहको मधुमेह हुन्छ । पहिलो तह पारिवारिक र वंशाणुगत कारणले हुन्छ भने दोस्रो तह खानपान र जीवनशैलीका कारण हुने गर्दछ । मधुमेहले तत्काल हृदयाघात, मस्तिष्काघात, मिर्गौला खराब, दृष्टि गुम्ने जस्ता समस्या ल्याउन सक्छ । दीर्घकालीन रुपमा पनि यसले बिस्तारै मिर्गौला खराब गर्ने, दृष्टि समस्या बढ्दै जाने, घाउ निको नहुने, मस्तिष्काघातसम्म पुर्याउने खतरा रहन्छ ।
मधुमेहसँगै उच्च रक्तचाप, मोटोपना, कोलेस्टेरोल भएका बिरामीलाई हृदयाघातको जोखिम बढी हुने चिकित्सक बताउँछन् । शरीरमा चाहिने जति इन्सुलिन उत्पादन नहुँदा वा उत्पादित इन्सुलिन प्रभावकारी नहुँदा वा उत्पादित इन्सुलिनले प्रभावकारी काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी देखिएको अवस्थालाई मधुमेह भनिन्छ । यसको उपचारमा सन्तुलित खानपान र नियमित व्यायामको साथसाथै आवश्यकतानुसार खाने औषधि र कहिलेकाँहीँ इन्सुलिनको पनि आवश्यकता पर्छ ।

प्रकाशित : २८ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६