ब्रेकिंग न्युज

सुनसरी-४(२)का लोसपा उम्मेदवारको उम्मेदवारी खारेज



सुनसरी, ३० कात्तिक ।निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ।
सुनसरी प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ (२) मा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का उम्मेदवार रहेका मेहताको उम्मेदवारी खारेज भएको हो। उनलाई बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाएर भुक्तान नगरेकाले निर्वाचन अयोगले उनलाई अयोग्य ठहर गरेको हो। प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले निजको उम्मेदवारी अयोग्य ठहर भई खारेज गरिएको हो,’ आयोगले भनेको छ।

प्रकाशित : ३० कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६