ब्रेकिंग न्युज

एमालेको प्रतिवद्धता : सबै नागरिकको सामाजिक सुरक्षाको ग्यारेन्टी



कपिलवस्तु
नेकपा (एमाले) क्षेत्र नं. १ निर्वाचन परिचालन कमिटीले हरेक नागरिकको सामाजिक सुरक्षाको ग्यारेन्टी लिएको छ । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसंगै देशका हरेक नागरिकको सामाजिक सुरक्षाको ग्यारेन्टी लिने विभिन्न योजनाहरु प्रतिवद्धता पत्र मार्फत सार्वजनिक गरिएको हो । प्रतिवद्धता पत्रमा ज्येष्ठ नागरिक, एकल, अपागंता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर¥याउने, भूमिहिन र सुकुम्वासीहरुलाई लालपुर्जा वितरण गर्ने, लामो समयदेखि रहेका अव्यवस्थित बसोवासीलाई यथोचित व्यवस्थापन गर्ने लगायतका महत्वपुर्ण योजना उल्लेख गरिएको छ । त्यस्तै ज्येष्ठ नागरिकलाई सु–स्वास्थ्य र मनोरञ्जन केन्द्र सहितका एक पालिका एक ज्येष्ठग्राम आरोग्य केन्द्र स्थापना गर्ने गर्ने, त्यस्तै घरवास बिहिन नागरिकलाई जनता आवास कार्यक्रम मार्फत हरेक वर्ष घर बनाएर हस्तान्तरण गर्ने पनि प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै ज्येष्ठ नागरिक, गरिब, विपन्न, एकल र अपांगता भएका व्यक्तिलाई सहुलियत रुपमा स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउने र स्वास्थ्य विमा प्रत्येक जनताको घरदैलोमा पुरयाई प्रभावकारी कार्यान्वयन गर्ने जस्ता कार्यहरु पनि उल्लेख गरिएको निर्वाचन परिचालन कमिटीले जनाएको छ ।

प्रकाशित : १ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६