ब्रेकिंग न्युज

एमालेका अधिकारीको ऐतिहासित जीत : गठबन्धनका बलदेव भन्दा १५ हजार ७ सय बढी ल्याउन सफल




कपिलवस्तु ९ मंसिर । कपिलवस्तु क्षेत्र नं १ मा एमालेका बलराम अधिकारीको ऐतिहासित जीत भएको छ। । सत्ता गठबन्धनका चक्रपाणी खनाल बलदेव भन्दा १५ हजार ७ सय बढी ल्याउन सफल भएर यो अवसर पाएका हुन् । विवरण अनुसार कपिलवस्तु जिल्ला प्रतिनिधिसभा क्षेत्र १ मा एमालेका बलराम अधिकारीले गठबन्धनका उम्मेदवार चक्रपाणी खनाल बलदेवलाई १५ हजार ६ सय ९२ मतान्तरले पराजित गरेकाछन् । अन्तिम नतिजा अनुसार एमालेका अधिकरीले ३४ हजार ६७३ मत प्रप्त गरेका छन् भने सत्ता गठबन्धनको चक्रपाणी खनाल बलदेवले १८ हजार ९७१ मत ल्याएका छन् ।अधिकरीले प्रदेश सभा क्षेत्र २ वाट सात हजारको मतान्तर कायम गरेकोमा प्रदेश सभा क्षेत्र १ मा आएर साढे आठहजार वढी मतको अग्रता वनाउदै १५ हजार ७ सय मतको ऐतिहासिक जीत निकालेका हुन् ।

प्रकाशित : ९ मंसिर २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६