कपिलवस्तु ९मंसिर । कपिलवस्तु क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका अभिषेक प्रताप शाहको अविराम विजयलाई रोक्दै नेकपा एमालेका मंगलप्रसाद गुप्ता निर्वाचित भएका छन् । केही समयअघि मात्र एमाले प्रवेश गरेका गुप्ताले यसपटक विगतका सबै पराजयको बदला लिएका छन् ।
एमाले उम्मेदवार गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९८२ मत ल्याए । उनीहरुबीचको मतान्तर ३ हजार ६३७ रहेको छ ।यो क्षेत्रमा एमालेको संसदीय इतिहासमै पहिलो बिजय हो ।
१० मंसिर २०७९, शनिबार








प्रतिक्रिया