अर्थ-वाणिज्य

जन चाहाना र प्रतिवद्धतालाई हरक्षण संझेर आजैवाट खट्नुहोस :पोलिटब्यूरो घिमिरे




कपिलवस्तु १४ मंसिर । कपिलवस्तुमा नेकपा (एमाले) वाट निर्वाचित संघ तथा प्रदेशका सांसदलाई जन चाहाना र प्रतिवद्धतालाई हरक्षण संझेर आजैवाट खट्न एमाले पोलिटब्यूरो सदस्य विमला घिमिरेले आग्रह गर्नु भएको छ । पोलिटब्यूरो सदस्य, लुम्बिनी प्रदेश सहइन्चार्ज एवम् जिल्ला स्तरिय निर्वाचन अनुगमन तथा निर्देशन समिति, कपिलवस्तुका संयोजक बिमला घिमिरेले २०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा जिल्लाबासीले नेकपा (एमाले) प्रति सूर्य चिन्हमा मतदान गरी देखाउनु भएको सम्मान्,माया, स्नेत, सदभाव प्रति उच्च सम्मान एवम् आभार ब्यक्त गर्नु भएको छ ।
राष्ट्रिय सभा सदस्य समेत रहनु भएका नेता घिमिरेले नेता घिमिरेले लोकतान्त्रिक प्रक्रियामा विजेता बन्नु र उपविजेता बन्ने कुरा स्वभाविक रहेको र यही नै लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै जिल्लाको समग्र विकासका निम्ति सबै पक्षको अहम भूमिका रहने कुरामा आफु विश्वस्त रहेको बताउनु भयो ।पोलिटब्यूरो सदस्य, लुम्बिनी प्रदेश सहइन्चार्ज घिमिरेले निर्वाचनका सन्दर्भमा प्रत्यक्ष एवम् परोक्ष रुपमा पार्टीका उम्मेद्वार र सिंगो निर्वाचनलाई सफल पार्नका निम्ति योगदान पु¥याउनुहुने सिंगो पार्टी पक्ति, सुरक्षाकर्मी, सचारकर्मी, निर्वाचनमा खटिनुहुने कर्मचारी एवम् आम जिल्लाबासी प्रति हार्दिक धन्यवाद, आभार एवम् कृतज्ञता ब्यक्त गर्नु भएको छ ।
एमाले लुम्बिनी प्रदेश सहइन्चार्ज घिमिरेले प्रतिनिधी सभा तथा प्रदेश सभामा नेकपा (एमाले) एवम् अन्य दलबाट निर्वाचित हुनु हुने सबै जनप्रतिनिधी प्रति बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको छ । घिमिरेले निर्वाचनका सन्दर्भमा गरिएका प्रतिवद्धता र जनचाहना अनुरुप समृद्ध कपिलवस्तु, सुखी कपिलवस्तुवासीको चाहन पुरा गर्ने कामका निम्ति जननिर्वाचन प्रतिनिधी पार्टी पक्ति, राजनैतिक दल र सरोकारवाला बीच सहकार्य गर्दै अगाडी बढने कुरामा जोड दिनु भयो ।

प्रकाशित : १४ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६