खोज–अनुसन्धान

प्रदेश राजधानी बहिस्कृत : मन्त्री दाङ गएपनि कर्मचारी नजाने ,जवरजस्ती गरे आन्दोलन गर्ने चेतावनी



बुटवल १४ मंसिर । लुम्बिनी प्रदेश सरकारले चुनावको मौका छोपेर संरचना तयार नभई हतारमा बुटवलबाट राजधानी सार्न थालेपछि कर्मचारीहरु आन्दोलित बनेका छन् । मुख्यमन्त्री कार्यालय र अर्थ तथा सहकारी मन्त्रालय बुटवलबाट दाङ सार्ने प्रयास गरेपछि कर्मचारीले विरोध जनाउँदै बुधबार मुख्यसचिव मार्फत लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।नेपाल निजामति कर्मचारी संगठन, नेपाल कर्मचारी यूनियन, राष्ट्रिय कर्मचारी संगठन तथा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूीनयनले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

मंसिर–४ को चिर्वाचन सम्पन्न नभैसकेको अवस्थामा निर्वाचन आचासंहिता विपरित लुम्बिनी प्रदेश सरकारले बुटवलबाट कार्यालय सार्ने काम भएको भन्दै उनीहरुले आलोचना गरेका छन् ।कानून विपरित र आचार संहिता विपरित हुनुका साथै कर्मचारिहरुको लागि आवास सुविधान, बालबालिकाहरुका लागि शैक्षिक संस्थाको व्यवस्था तथा स्वास्थ्य सुविधा लगायतका आधाभूत आवश्यकताहरुका संरचना पूरा नहुँदै राजधानी दाङ लैजाने कुरा अव्यवहारिक भएको उनीहरुले बताएका छन् ।

प्रकाशित : १४ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६