प्रदेश

बरघरले गरेका निर्णय कार्यान्वयन गर्न थारु समुदायको माग



बर्दिया, १७ मंसिर । पालिका तहले गाँउमा कामकाजका बरघर (मुखिया) प्रणालीलाई मान्यता दिए पनि अन्य सरकारी निकायले उपेक्षा गर्दा गाँउका साना मुद्दाहरुको समाधान हुन नसकेको बरघर समुदायले गुनासो गरेका छन् ।पश्चिम तराईका जिल्लाहरुमा थारुहरुले बरघर प्रथालाई संस्कृति, परम्परा र पहिचानको रुपमा लिन्छन् । यसलाई बडघर पनि भन्ने गर्छन् । गाउँका साना समस्याहरु पनि ठूला बन्ने र समयमा समस्याको समाधान हुन नसक्दा यतिबेला वर्षौंदेखि चल्दै आएको बरघर समुदायहरु चिन्तित भएका हुन् ।

उनीहरुले पालिका तहले गाँउमा कामकाजका बरघर (मुखिया) प्रणालीलाई मान्यता दिए पनि अन्य सरकारी नकायहरुले त्यसको पालना नगर्दा बरघर ऐन बनाएको अर्थ नभएको अनुभूति भएको बरघर समूदायका अगुवा बताउँछन् ।बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले बरघर ऐन बनाएर कार्यन्वयनमा ल्याएर काम काज शुरू गरेको छ । पालिका तहले बरघर प्रथालाई मन्यता दिए पनि केन्द्र सरकारले मन्यता दिएको छैन ।सरकारी निकायहरुले नै पालिका तहले बनाएको नियमको पालना नगर्दा कतिपय साना समस्यासमेत ठूला बन्ने गरेको बारबर्दिया नगरपालिका, बर्दियाका बरघर सञ्जालका सचिव लक्ष्मीप्रसाद थारू बताउनुहुन्छ ।

उहाँले प्रतिनिधि र प्रदेश सभाका प्रतिनिधिहरूले बरघर ऐनलाई केन्द्रदेखि संविधानमा लागू गराउन सके कामकाजमा सहज हुने बताउनुभयो ।बरघर प्रथालाई गाँउका मानिसहरूले सबैभन्दा सजिलो उपायको रूपमा लिने गरेपनि केन्द्रदेखि कार्यन्वयन नभएको कारणले बरघरहरूले कतिपय निर्णय लिन अलमलमा परेकोसमेत सचिव थारूले बताउनुभयो । बरघर सञ्जाल विस्तार गर्नका लागि कैलालीदेखि दाङसम्म संगठन बनाएर केन्द्रबाट नै नियम लागू गराउन प्रतिनिधि र प्रदेश सभामा विजयी उम्मेदवारहरुलाई दबाब दिने बतउनुभयो ।त्यस्तै बढैया ताल गाँउपालिका, बर्दियाका बरघर सञ्जालका संयोजक परशुराम थारुले बरघर प्रथालाई संरक्षण र संबर्द्धन गर्न केन्द्रबाट निर्णयको कार्यान्वयन गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले सरकारले संविधानमै लागू गरे बरघरहरूलाई कुनैपनि निर्णय गर्दा सहज हुने संयोजक थारूले बताउनु भयो ।

त्यसैगरी बरघर सञ्जाल, बाँसगढी नगरपालिका बर्दियाका संयोजक हरिप्रसाद थारुले गाउँ, समुदायका कामहरूलाई छिटो र सहज तरिकाले सम्पादन गर्नका लािग बरघर प्रथालाई केन्द्रबाट नै कार्यन्वयनमा ल्याउन जरूरी रहेको बताउनु भयो ।थारू सामुदायमा बरघर प्रथा पुस्तौँदेखि चल्दै आएको छ । थारू समुदायका मानिसहरूले गाँउमा कुनै किसिमको विवाद वा झगडा भए पहिला बरघरको राय लिने र आवश्यक परेपछि मात्र प्रशासनको सहयता लिने गर्दछन् । तर कतिपय मुद्दालाई बरघरले गरेको निर्णयलाई प्रशासनले मान्यता नदिँदा बरघर समुदाय चिन्तित छ । जसकारण स-सानो कुरामासमेत साधारण मानिसहरूले दुःख पाउने गरेको उनीहरुको गुनासो छ ।

प्रकाशित : १७ मंसिर २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६