खोज–अनुसन्धान

चन्द्र भण्डारीले भने लुम्विनीको विकास र समृद्धीका लागि म मन्त्री बन्नु पर्छ




तम्घास १७ मंसिर । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का सांसद चन्द्र भण्डारीले यस पटक जनताको पक्षमा काम गर्न आफू मन्त्री बन्ने सोचमा रहेको बताउनुभएको छ । कांग्रेस गुल्मीले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भण्डारीले सो कुरा बताउनुभएको हो । आफू यस पटक गठबन्धनको सरकारबाट काम गर्नेगरी मन्त्री बन्ने र सकभर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि सहकार्य गरेर अगाडि बढ्ने गरी वातावरण बनिरहेको दाबी गर्नुभयो । युवाहरूको जोस र जाँगरबाट समस्याहरू समाधान हुन सक्ने भन्दै युवा नेताहरूको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
गठबन्धन भित्र पनि युवालाई सरकारको नेतृत्व दिनेगरी छलफल चलाउनुपर्ने उहाँको भनाइ छ । पार्टी र गठबन्धनभित्र झगडा र आन्तरिक किचलो नहुने गरी सहमतिमै सरकार गठन हुने उहाँले बताउनुभयो । यस्तै, जिल्लामा अधुरा तथा नयाँ विकास निर्माणका कामलाई पूरा गर्नेगरी काम गर्ने पनि उहाँको भनाइ छ । गुल्मीलाई विकास निर्माणले नमुना जिल्ला बनाउने गरी आफूले योजना बनाएको उहाँको दाबी छ । भण्डारीले जिल्लामा गठबन्धन अर्धरुपमा सफल भएको चर्चा गर्नुभयो । गुल्मी क्षेत्र नं १ को प्रदेश सभा (ख) का सांसद धनेन्द्र कार्कीले जिल्लाको विकास र निर्वाचनमा गरेका प्रतिबद्धतालाई पूरा गर्ने बताउनुभयो ।

प्रकाशित : १७ मंसिर २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६