प्रदेश

देउवालाई ओलीको सन्देशः प्रधानमन्त्री बन्नुस्, सत्ता सहकार्य गरौँ



काठमाडौं, १८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आगामी सत्ता सहकार्य लागि तयार रहेको सन्देश पठाउनुभएको छ ।

कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहमार्फत ओलीले सत्ता सहकार्यको सन्देश पठाएको बालुवाटार स्रोतले जनाएको छ । गत आइतबार कांग्रेस नेता सिंह ओलीइलाई भेट्न उहाँको निवास बालकोट पुग्नुभएको थियो ।

सिंहको सचिवालयका अनुसार पहिला प्रधानमन्त्री देउवालाई भेटेर नेता सिंह ओली भेट्न बालकोट पुग्नुभएको हो । प्रतिनिधिसभा सदस्यमा काठमाडौं– १ बाट निर्वाचित सिंह र झापा– ५ निर्वाचित ओलीबीच बधाइ साटा साटसँग आगामी सत्ता सहकार्यबारे कुराकानी भएको पाइएको छ ।

ओलीसँग भएको कुराकानीबारे सिंहले बुधबार साँझ बालुवाटार गएर प्रधानमन्त्री देउवालाई विफ्रिङ गर्नुभएको थियो । वर्तमान गठबन्धनलाई पहिलो प्राथमिकतामा राखेका देउवाले ओलीको सन्देशलाई पनि ‘नोटिस’मा राखेको बालुवाटार स्रोतको दाबी छ ।

प्रकाशित : १८ मंसिर २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६